माथिल्लो डोल्पामा रोकिएका कर्मचारी लिन हेलिकप्टर दुनै पुग्यो
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १७:३०:४३
८ मंसिर, कर्णाली । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ ।
जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकप्टर दुनै पुगेको हो ।
समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार राससबाट प्रकाशन भएसँगै उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो ।
मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
“उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उनले भने, “एक पटकमा १८ जना ल्याउन सकिन्छ ।”
डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरेपनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताए । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मंसिर १ गतेदेखि चुनावमा खटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार