धादिङ २ मा कांग्रेसका रामनाथ र सिरहा २ एमालेका रामशंकर विजयी
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २१:५६:५१
८ मंसिर, काठमाडौं । धादिङ २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् भने सिरहा १ मा एमालेका उम्मेदवार रामशंकर यादव विजयी भएका छन् ।
बिहीबार सम्पन्न मत गणनामा धादिङ २ मा अधिकारीले ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे ।
दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।
सिरहा १ मा एमालेका राम शंकर यादव विजयी
उता सिरहा १ मा भने नेकपा (एमाले)का रामशंकर यादव निर्वाचित भएका छन् । यादवले कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका छन् । उनले२९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार युगल किशोर साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५ हजार २ मत ल्याइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार