काठमाडौंका विजयी सांसदलाई मेयर बालेनको सन्देशः सहकार्यका लागि आतुर छौं
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २३:१४:२०
८ मंसिर, काठमाडौं । कठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले जिल्लाका नवनिर्वाचित संघीय सांसदहरुलाई बधाई शुभकामना दिएका छन् ।
उनले केही समय अघिमात्र सामाजिक संजालमार्फत सन्देश प्रवाह गर्दै नवनिर्वाचित सांसदहरुसँग काठमाडौं बनाउन महानगरको एक्लो प्रयासले मात्र संभव नभएको बताउँदै आम समस्या समाधानका लागि संघीय सरकारको सहयोग र स्ेतसाधनको आवश्यकता अनिवार्य भएको औल्याएका छन् ।
उनले काठमाडौंमा खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानमा संघीय सरकार र सांसदको बलियो साथ आवश्यक रहेको बताएका छन् ।
उनले संसदमा नवनिर्वाचित सांसदहरुको प्रवेशसँगै ‘सहकार्य’को प्रस्ताव गरेबाट आफू धेराबन्दी परेको सन्देश समेत दिएको चर्चा गरिएको छ । यसअघि उनी महानगरभित्र अवैध संरचना भत्कउँदा साथ पाएपनि विकल्पबिना लखेटेका फुटपाथ व्यापारीको आक्रोशमा पर्दै आइरहेका छन् । यसअघि पनि भक्तपर २ बाट सांसद रहेका महेश बस्नेतले फुटपाथ व्यापारीको पक्षमा बोलेपछि उनलाई बोर्ड बैठकमै सदस्य (वडा अध्यक्ष)हरुले आलोचना गरेका थिए ।
काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन् । बालेनले नौ क्षेत्रबाटै निर्वाचित सांसदहरूको तस्बिर राखेर आफ्नो सन्देश लेखेका छन् ।
चुनावकाे संघारमा मुख नखाेलेका दलहरूकाे आलाेचना गर्दै आइरहेका फुटपाथ व्यापरीहरू चुनावपछि प्रतिकार उत्रने चर्चाबीच मेयर बालेनले यस्ताे सन्देश प्रवाह गरेका हुन् । सयाैं पफुटपाथ व्यापारीहरूबाट उठाएर लैजाने खाद्ध वस्तुहरू नगर प्रहरीले उपभाेग गर्ने र सित्तैमा बाँड्ने गरिएकाे पाइएपछि उनीहरूले आक्राेशित छन् ।
मेयर बालेन स्वतन्त्रबाट मेयर बनेका बालेनले जफत गरिएका सामानबारे चुइँक्क बाेलेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार