एक सातापछि माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शनिबार ०:११:१५
९ मंसिर, कर्णाली । यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ ।
जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पु¥याइएको हो । यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाइट गरेको थियो । निर्वाचनका लागि चार हजारदेखि पाँच हजार मिटरको उचाइमा रहेका १२ मतदान केन्द्रमा खटाइएका मध्ये एक सय ३९ कर्मचारी रोकिएका थिए ।
उनीहरूलाई ओसार्न बिहीबार डोल्पा सदरमुकाम पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण फर्केको थियो । त्यसपछि आज हेलिकोप्टरको व्यवस्था मिलाएर माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्ध गाउँपालिकाका १२ मतदान केन्द्रका कर्मचारी ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
“सुरुमा मतपेटिका सङ्कलनमा प्राथमिकता, पछि मौसम प्रतिकूलता र प्राविधिक कारणले छिटो ल्याउन खोजिए पनि ढिला भयो,” प्रजिअ अधिकारीले भने, “भिजेर, साल्दाङ् कुगाउँ, धो, तिलिङलगायत स्थानमा रहेका कर्मचारी र सुरक्षाकर्मी सबैलाई आज सकुशल सदरमुकाम डोल्पा पुर्याइएको छ ।” अत्यधिक चिसो, खान, बस्न र बिरामी हुने समस्यालाई बुझेर सरकारले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पवित्रा बोहोराले धन्यवाद दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार