तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार ११:१०:११
आजको पात्रो : ११ मंसिर २०७९, आइतबार । तद्नुसार नोभेम्बर महिनाको २७ तारिक २०२२ । मार्गशुक्लपक्ष चर्तुर्थी, विष्टि करण, पूर्वषाढा नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२४ र सूर्यास्त ५ः१० मा हुनेछ । आज बिहान ११ः३१ देखि १२ः१३ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्नाले साताका दिन शुभ हुने मान्यता रहेको छ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आजको देवता अग्नी र ग्रहदेव शनि रहेको छ । सरकारी कामकाज कुनै रोकिएको छ भने आजको दिन शुरुवात गर्दा सातका दिनमा सकिनेछ । आजको दिन अध्ययन र फलामका सामान खरिद गर्नु उपयुक्त मानिन्छ । आफनो कार्य क्षेत्रमा दत्तचित्त भएर कार्य गर्नु उत्तम हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम सुुरु गर्दा साताभर कार्यसिद्धि हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- मिथुन राशीका जातकका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन कर्कट राशी भएका जातकको दाम्पत्य जीवनमा विवाद हुनसक्छ । आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । कन्या राशीका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । आज पनि विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- तपाइको आजको दिन व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आफन्तलाई आजको दिन भेट गर्दा साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन सुरु गरेको कार्य फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुभकार्य गर्न सक्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- मकर राशीको जातकका लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशीका जातकले हरेक साताको आइतबार बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्य गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार