३३ प्रतिशत महिला सहभागिताले सुदूरपश्चिमका पुरुषलाई तनाव
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २२:१४:५
१४ मंसिर, धनगढी । प्रत्यक्षतर्फ उठाएका महिला कसैले पनि चुनाव नजितेको समानुपातिकमा पुरुष मात्रै भएपछि सुदूपश्चिम प्रदेशमा तनाव उत्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनबाट महिला उम्मेदवार निर्वाचित हुन नसक्दा राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यताबारी अवस्था आइलागेको छ ।
समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने संवैधानिक बाध्यताका कारण समानुपातिक कोटाबाट संसदमा छिर्ने सपना बुनेका पुरुष आकांक्षीलाई भने सकस हुने देखिएको छ । प्रदेशमा समानुपातिक कोटाबाट २१ जना प्रदेशसभा सदस्य छनौट हुने छन् । संवैधानिक व्यवस्थाअनुसार महिलालाई ३३ प्रतिशत कोटा निर्धारण गर्दा १७ जना महिलानै छनौट गर्नुपर्ने छ । सुदुरपश्चिम प्रदेशसभामा कुनै पनि दलबाट एक जना पनि महिला पनि निर्वाचित नभएपछि महिलाको कोटा पूरा गर्नु दलका लागि बाध्यकारी हुनेछ ।
सुदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् । संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्थाअनुसार सुदुरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनु पर्ने हुन्छ । सुदुपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सुचीबाट ३३ प्रतिशत महिला सहभागिता प्रदेश सभामा गराउनु पर्ने हुन्छ । निर्वाचन आयोग सुदुरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्ट प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
नेकपा एमाले सुदुरपश्चिम समितिका सचिव धर्मराज पाठक महिलाहरु प्रत्यक्ष र समानुपातिक गरि जम्मा प्रदेश सभाका सदस्य संख्याको ३३ प्रतिशत महिला हुनु पर्ने व्यवस्थालाई दलहरुले समानुपातिक तर्फबाट पूरा गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘एमालेबाहेक अरु दलबाट महिलाहरु उम्मेदवार नै नभएपछि प्रत्यक्ष निर्वाचित भएर आउने अवस्था नै थिएन,’ सचिव पाठकले भने, ‘त्यसैले आफूले पाएका समानुपातिक सिटहरुमा महिलाहरुलाई छनौट गरिसेकपछि मात्र दलहरुले पुरुषहरुलाई छनौट गर्नुपर्ने अवस्था आएको छ ।’
सुदुरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुरा बाहेकका ८ जिल्लाबाट ३० प्रदेश सभा सदस्य निर्वाचित भैसकेका छन् । ३० वटै क्षेत्रबाट पुरुष मात्रै निर्वाचित भएका छन् । निर्वाचन कानुनमा सुदुरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलब ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलब ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलब ३७ प्रतिशत, पछिडिएको क्षेत्र १२ दशमलब ७८ प्रतिशत हुनु पर्ने व्यवस्था छ । यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनु पर्ने कानुनी व्यवस्था छ । महिलाको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचित र समानुपातिक सुचीबाट पुरयाउनु पर्दछ ।
सुदुरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट ८ जना, नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन् । बाजुराबाट दुई प्रदेश सभा सदस्य निर्वाचित हुन बाँकी नै छ । नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सभा सचिव पाठक कांग्रेस र एमाले बाहेकका सबै दलले समानुपातिकमा पाएका सबै सिट संख्यामा महिला छनौट गर्नु पर्ने अवस्था देखिरहेको बताउँछन् ।
सचिव पाठक कांग्रेसले सात समानुपातिक सिट पाएमा एक मात्र पुरुष छनौट गर्न पाउने, एमालेले तीन सदस्य प्रत्यक्षमा जितेकोले सात समानुपातिक सिट पाएमा कम्तिमा तीन महिला छनौट गर्नु पर्ने र त्यो भन्दा अरु पुरुष छनौट गर्न सक्ने अवस्था देख्छन् । तर ती दुई बाहेकका दलले कम समानुपातिक सिट पाउने सम्भावना भएकोले पाएका सीटहरुमा महिलालाई छनौट गर्नै पर्ने अवस्था रहेको पाठकको बुझाई छ ।
२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बझाङ जिल्लाबाट नेकपा माओवादी केन्द्रकी देवकी सिंह मात्र प्रत्यक्ष निर्वाचित भएकी थिइन् । यसपटक प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कैलाली २ प्रदेश सभा क बाट नेकपा एमालेकी कमला ओली मात्र उम्मेदवार थिइन् । तर उनी पराजित भएपछि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य महिलाको संख्या शून्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार