सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २२:२३:१७
१४ मंसिर, दिपायल । डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका-५ लाना केदारेश्वर कि २७ वर्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका-५ का वडासदस्य भीमबहादुर बोहराले बताए ।
सोमबार साँझदेखि सुत्केरी व्यथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो ।
उच्च रक्तस्राव भएपछि उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार