दोलखामा १० मतदान केन्द्रमा मतदान जारी
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १८:५२:०
१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान जारी छ । बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको केन्द्रलृे जनाएको छ ।
केन्द्रका अनुसार वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको ‘क’ र ‘ख’, वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका ‘क’, ‘ख’ र ‘ग’ मा मतदान जारी रहेको छ ।
ती मतदान केन्द्रमा यही मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मंसिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । यहाँ कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र ७ स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार