नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि, नबील बैंक शीर्ष स्थानमा
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:१७:३६
१५ मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता शेयर रु एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक शेयर रु आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी रु सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रु चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन् ।
यस्तै सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार