समानुपातिकतर्फ एक करोड २ लाख ८२ हजार मत गनिदा कांग्रेसभन्दा १ लाख २८ हजारले एमाले अगाडि
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:५४:४२
१५ मांसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार अपराह्नसम्मको परिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा पनि एमाले अगाडि छ ।
हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा माओवादी केन्द्रले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार चार सय ५७, जनमत पार्टीले ३ लाख ९३ हजार एक सय ७४, नेकपा एकीकृत समाजवादीले २ लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ ।
प्रदेशसभा अन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार सात सय चार, कांग्रेसले ५ लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले ३ लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले ५ लाख ५४ हजार छ सय ६२, कांग्रेसले ४ लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले २ लाख ६९ हजार दुई सय ५४ र राप्रपाले २ लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार आठ सय ७२, कांग्रेसले ३ लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले १ लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले ५ लाख ७० हजार नौ सय २१, कांग्रेसले ४ लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार चार सय ५०, राप्रपाले १ लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।
कर्णालीमा एमालेले १ लाख ८३ हजार नौ सय ५०, कांग्रेसले १ लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार आठ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार