दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १५:५३:१७
१६ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।
यसैगरी प्रदेशसभा तर्फ (१) मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् ।
प्रदेश (२) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।
प्रतिनिधि सभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएपछि मंसिर १५ गते बिहीबार पुनः मतदान भएको थियो । त्यसको मतगणना गएरातिदेखि जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार