एनआइबिएलएस क्यापिटल र एचएमडिएलबीच लगानी सम्झौता
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १७:५१:४७
१६ मंसिर, काठमाडाैं । एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडिएलबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाईस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका हुन्।
भारतको सबैभन्दा ठूलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स् सँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फार्मास्युटिकल ड्रग्स एवम औषधी लगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ।
कोभिड १९ महामारीको समयमै सन २०२१ मा स्थापना भएको एचएमडिएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
त्यो समयमा एचएमडिएलले ल्याएका सम्पूर्ण पिसिआर किट्स र रिएजेन्ट्सहरु यति धेरै बिक्री भयो कि यसले नै पुरै बजार कब्जा गरेर आफ्नै एउटा ब्रान्ड बनाउन सफल भएको थियो। यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ।
कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुबिधाहरु प्रदान गर्ने योजना बनाएको छ। साथै सर्वसाधारणलाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्धेश्यको साथ कम्पनीले नेपाल भरी सम्पूर्ण सुविधासम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सन्चालन गर्ने जनाएको छ।
एचएमडिएलले स्वास्थ्य सेवामा नवीनतम र फ्युचरिस्टिक प्रविधिहरु समायोजन गर्ने लक्ष्य राखेको छ। त्यस्तै यसले सर्वसाधारणलाई एकिकृत र सुपथ मुल्यमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल र अन्य डायग्नोस्टिक ल्याबहरुसँग मिलेर पनि काम गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार