प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २१:१०:४०
१६ मंसिर, काठमाडौं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने भएकाे छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उदेश्यले रेमिटान्स डिम्याट खाता सञ्चालनमा ल्याएको हाे ।
नेपाल धितोपत्रबोर्डले आगामी दिनमा कम्पनीहरुले आईपीओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उदेश्यलाई सघाउ पुरयाउन यो योजना ल्याएको जनाएको छ ।
श्रम स्वीकृती लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित शेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा“देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान”भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो ।
क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।
यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्ना परिवारको लागि निःशुल्क Demat खाता खोली लाभन्वित हुन सक्नेछन् । यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइटतथा मोबाइल एपबाटै अनलाईन Apply गरी भिडियो केवाइसि सहितको डिम्याट खाताआफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ । व्यक्तिले Online request गर्दा Video KYC छनौट गरी आफू अनुकूल appointment लिईसो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलको रेमिटान्स डिम्याट खाताको विशेषताहरु
यो योजनामा १ वर्षको लागिनिःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवाप्रदान गरिनेछ ।
श्रमिकहितग्राही संगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो शेयर खाताखोलिने
भिडियो केवाइसि मार्फत तुरुन्तै अनलाईन डिम्याट खाताखोल्न सकिने ।
डिम्याट खाताखोल्ने सेवाप्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।
लगानीव्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार