सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दैलोमा उपचार दिने
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २१:३४:३
दिलमाया शाही
१६ मंसिर, जुम्ला । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागि सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्याउन निःशुल्क उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो ।
सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका’ बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत निस्शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएको छ।’
गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए ।
उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ । उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो ।
ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार