समानुपातिकतर्फ एक करोड चार लाख मत गन्दा दश दललाई पाँच हजारभन्दा कम मत
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १९:५०:०
१८ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार मध्यह्नसम्ममा १ करोड ४ लाख २० हजार १२५ मत गनेर सकिएको छ । जसमा चुनावमा भाग लिएका १० वटा राजनीतिक दलल पाँच हजार पनि कटाउन सकेको छैनन् ।
प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुग्दा नेकपा एमालेले अग्रता कामयै राखेको छ भने नेपालीका कांग्रेस दोस्रो स्थानमा नै सीमित रहेको छ । नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमस तेस्रो र चौथो नम्बरमा रहेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि थ्रेसहोल्ड नकटाउने देखिएको छ ।
निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा कम मत पाउनेमा नेश्नलिष्ट पिपल्स पार्टी छ । सो पार्टीले दुई हजार १५ मत पाएको छ । यो सूचीअनुसार त्यसपछि कम मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी छ । राष्ट्रिय नागरिकले दुई हजार १४३ मत ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले दुई हजार १९१, नेपाल समावेश पार्टीले दुई हजार ९५२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन हजार ३३२ मत पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ४०४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले तीन हजार ६९४, एकीकृत शक्ति नेपालले तीन हजार ७७६ र विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् । अरू दलले पाँच हजारभन्दा बढी मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार