बीरगञ्जमा नेपथ्य लाइभ कन्सर्ट भव्यताका साथ सफल बनाउन सबै जुटे
आबिद हुसेन
मंसिर १८, २०७९ आइतबार २३:४८:४०
१८ मंसिर, बीरगञ्ज । बीरगञ्जको आदर्शनगर रंगशालामा सोमबार हुन लागेको नेपथ्य लाइभ कन्सर्टलाई मध्यनजर गर्दै वीरगञ्जको सुरक्षा व्यवस्था कडा पारिएको छ । कन्सर्टलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
मानवसेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ को पूर्व सन्ध्यामा मानव सेवा आश्रम छोटी भन्सारमा नेपथ्य परिवारसँग आयोजित चियापान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले यस्तो जानकारी दिएका हुन् ।
सुरक्षा व्यवस्था दुरुस्त हुने भएकाले कार्यक्रममा सहभागि भएर मानवताका लागि योगदान दिन पनि उनले सबैलाई आग्रह गरे । कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिँदै नेपथ्य व्याण्डका प्रमुख एवं चर्चित गायक अमृत गुरुङले मानवताकै लागि आफू १८ वर्षपछि वीरगञ्ज आउन तयार भएको बताए । नेपथ्यको कन्सर्ट १८ वर्षपछि वीरगञ्जमा हुन लागेको हो । सांगितिक मनोरञ्जनसँगै मानव सेवा आश्रमको भवन निर्माण गर्ने मानवीय कार्यमा सबैको साथ आवश्यक रहेको पनि उनले बताए ।
बीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मानव सेवा आश्रमलाई व्यवस्थित बनाउँदै लैजान महानगरले आवश्यक सहयोग गरिरहेको र आउँदा दिनमा पनि गर्नु पर्ने सहयोग गर्न सँधै तयार रहेको बताए । उनले वीरगञ्ज शान्त र सुरक्षित रहेकाले सोमबार हुने कार्यक्रममा ढुक्क भएर आउन पनि सबैलाई आग्रह गरे । पूर्वसन्ध्यामा आयोजित भेटघाट कार्यक्रमकाबीच मानव सेवा आश्रम निर्माणका लागि वीरगञ्जका मनकारीहरुले लाखौँ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
भवन निर्माणका लागि मधेस प्रदेश सरकारले १ करोड, वीरगञ्ज महानगरपालिकाले २५ लाख, जिराभवानी गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १५ मा महानगरले नै आश्रमलाई जग्गा समेत उपलब्ध गराईसकेको छ । विभिन्न व्यक्ति तथा तथा संस्थाले पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता कार्यक्रमकाबीच जनाएका छन् । डा।दिपक शाक्य, उद्योगी अशोक लाठ, मुरली रुंगटा, नन्दादेवी कलवारले ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अन्य दानवीरहरु पनि यस अभियानमा जोडिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा आश्रमको आफ्नै भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला शहरमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको हो ।
१६ गते बिराटनगरबाट शुरु भएको सङ्गीत यात्रा पुष १६ गते अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाण्डौस्थित भृकुटीमण्डपमा पुगेर समापन हुने छ । बीरगञ्जको आदर्शनगर रंगशालामा सोमबार साँझ ४ बजेदेखि शुरु हुने कन्सर्टमा कम्तिमा ५ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकले लिएको छ ।
महानगरका मेयर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपथ्य परिवार, पर्साका सुरक्षा प्रमुखहरु, उपमेयर इम्तियाज आलम, यहाँका उद्योगी व्यवसायी, समाजसेवी, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार