व्यवसायीले प्रधानमन्त्रीलाई सुनाए अर्थतन्त्रमा परेको बहुआयामिक असरको कथा !
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ बुधबार ०:१:२०
२० मंसिर, काठमाडौं । यथास्थितिमा नेपालमा उद्योग व्यवसाय चलाउन नसिने निष्कर्षसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई झकझक्याउँदै आएका व्यवसायीहरुले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवालाई भेटेर देशको वर्तमान अर्थतन्त्रको अवस्थाबारे जानकारी गराएका छन् । उनीहरुले प्रधानमन्त्रीसमक्ष यथास्थितिमा व्यवसाय चलाउन नसकिने अवस्था आएको जानकारी गराएका छन् ।
मंगलबार नेपाल उद्योग बाणिज्य महासंघले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुलाई देशको अर्थतन्त्रबारे जानकारी गराएको जनाएको छ । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदर र सरकारी कानूनको झन्झटिलो व्यवस्थाका कारण काम गर्न असहज भएको भन्दै उनीहरुले मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । यही क्रममा उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको हो ।
अहिले अर्थतन्त्रमा बहुआयामिक असर देखिएको र यसलाई तत्काल नियामकीय ढंगले सम्हाल्न आवश्यक रहेको भन्दै महासंघले ‘अर्थतन्त्र जोगाऔँ’ अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत शीर्ष नेतालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरिरहेको महासंघले जनाएको छ । प्रधानमन्त्री देउवासँगको भेटबारे महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको’ उल्लेख छ । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरी समाधान निकाल्ने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उनको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान उनको निवास खुमलटारमा भेट गरेको थियो ।
सो अवसरमा शीर्ष नेताहरू समक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरिएको महासंघले जनाएको छ । शीर्ष नेतृत्वसँग भेटघाटको क्रममा महासंघका प्रतिनिधिमण्डलले गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको थियो ।
प्रतिनिधिमण्डलले सोमबार अपराह्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पनि ध्यानाकर्षण गराएको जनाएको छ । प्रधानमन्त्रीसहित शीर्ष नेतासँगको भेटका क्रममा अहिले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको उल्लेख गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि, उच्च ब्याजदर, अन्तर्राष्ट्रिय आर्थिक असहजता, आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्यलगायत मसस्या जटिल बन्दै गएको महासंघको भनाइ छ । नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणको परिचालनबाट ब्याजदरमा स्थिरताका लागि पहल गर्नुपर्ने, तरलता अभाव समस्या व्यवस्थापन गर्नुपर्ने, चालु पुँजी मार्गदर्शन तत्काल कार्यान्वयन गर्न नहुने, बैंक वित्तीय संस्थाको अनिवार्य नगद अनुपात (सीआरआर) लाई एक प्रतिशत बिन्दुले घटाउनुपर्ने, पुनरकर्जा सुविधालाई निरन्तरता दिनुपर्नेलगायत माग महासंघले लामो समयदेखि उठाइरहेको छ ।
त्यस्तै, स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि निक्षेपमा शतप्रतिशत गणना गर्न पाउनुपर्ने, पुँजीगत खर्च बढाउनुपर्ने, सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागू गरिनुपर्ने पनि निजी क्षेत्रको माग छ । वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्न तत्काल कार्यविधि तयार पार्नुपर्ने, नेपालको सार्वभौम साख मूल्यांकन गरिनुपर्ने र निजी क्षेत्र तथा बैंकले विदेशबाट ऋण लिनको लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्ने पनि निजी क्षेत्रको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार