सत्ता गठबन्धन असफल हुनुका कारणमाथि कांग्रेसभित्र तत्काल समीक्षा हुनुपर्छः युवा नेता भुपेन्द्रजंग शाही
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १८:३९:५०
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र मंसिर ४ को निर्वाचनमा गठबन्धन गरेर गएका सत्ता सहयात्री दलहरुले अपेक्षकृत नतिजा ल्याउन नसकेपछि यसको गम्भीर समीक्षा हुनुपर्ने माग उठिरहेका बेला कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्वमहासचिव भुपेन्द्रजंग शाहीले दुइतिहाई बहुमतको लक्ष्य लिएर चुनावमा गएको सत्ता गठबन्धन असफल हुनुका कारणमाथि तत्काल समीक्षा हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिका प्रत्यासी समेत रहेका नेता शाहीले सत्ता गठबन्धनको नेतृत्व गरेर गएको कांग्रेसले गठबन्धनलाई एकल सरकार बनाउने हैसियतमा समेत पुर्याउन नसकेको भन्दै पार्टीको बैठक डाकेर यसको गम्भीर समीक्षा गरेर मात्रै सरकार गठनको प्रक्रियामा लाग्नुपर्ने बताएका छन् । उनले कांग्रेस एक्लै निर्वाचनमा गएको अवस्थामा यो भन्दा राम्रो परिणाम ल्याउने आंकलन भइरहेका बेला गठबन्धनमा जानु र पाँच दल मिलेर पनि एकल सरकार बनाउने संख्या नपुर्याउनु लज्जास्पद भएको बताएका छन् ।
समाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेसको टिकट वितरण प्रक्रियामा भएको गल्ती र पार्टीभित्र गठबन्धन गर्ने र नगर्ने पक्षबीचमा रहेको विवादलाई नेतृत्वले मिलाउन नसक्दा यस्तो परिणाम आएको भन्दै अहिलेको निर्वाचन हारको जिम्मेवारी कांग्रेस नेताहरुले लिनुपर्ने बताएका छन् । शाही कालिकोटबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए । उनलाई अन्तिम समयमा आएर टिकट दिइएको थिएन । उनी जस्ता धेरै जित सुनिश्चित भएका नेताहरुले कांग्रेसबाट यसपटक टिकट पाएका थिएनन् ।
शाहीले २०७४ को आम निर्वाचनमा नेकपा एमालेले बाम गठबन्धनको नेतृत्व गर्दा दुई दल मात्रै रहँदा झण्डै दुइतिहाई सीट ल्याएको उल्लेख गर्दै अहिले पाँच दलको गठबन्धन लिएर जाँदा कांग्रेसले एकल सरकारसमेत बनाउन नसकेको विषयलाई उठाउँदै यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका हुन् । उनको भनाईमा निर्वाचनको परिणामले नेकपा एमाले पहिलेभन्दा सफल भएको छ । २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट ल्याएको थियो भने अहिले एमालेले प्रत्यक्षमा ४४ सीट ल्याएको भन्दै उनले कांग्रेस नेतृत्वको गठबन्धन असफल भएको बताएका छन् ।
यूवा नेता शाहीले पार्टी नेतृत्वकै कारण कांग्रेसको समानुपातिकतर्फको मतसमेत घटेको भन्दै यसकाे जिम्मा पदाधिकारीले लिनु पर्ने कि नपर्ने ? या कार्यकर्ताले लिनु पर्ने हो ? तत्काल गम्भीर समीक्षा गर्न कांग्रेस नेतृत्वलाई दवाव दिनुपर्नेमा जोड दिएका छन् । उनले यतिबेला कांग्रेसभित्र पदको नभएर पार्टीको चिन्ता गर्नुपर्ने बेला आएको बताएका छन् । शाहीले पटकपटक असफल भएको नेतृत्वबाट फेरी पनि पार्टी सही मार्गमा आउने कुराको विश्वास गर्न नसकिने भन्दै कांग्रेस नेतृत्वबाट भएका गल्तीको समीक्षा र हारको जिम्मेवारी लिने विषयमा बहस चलाउनुपर्ने बताएका छन् ।
उनले समाजिक सञ्जालमार्फत १० बुँदामा यस्ता सुझाव दिएका छन्:
(१) सर्वप्रथम मंसिर ४ को निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम किन आएन ? यसको तत्काल समीक्षा गरौँ ।
(२) को व्यक्ति मन्त्री, को मुख्यमन्त्री, को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धिकरण र सुदृढीकरण गर्ने बहसको थालनी गरौँ ।
(३) व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरी बलियो बनाउने भन्नेमा छलफल केन्द्रीत गरौँ । तत्काल नीति महाधिवेशन र महासमितिको बैठक आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको ब्यापक थालनी गरौँ ।
(४) गठबन्धन किन असफल भयो ? दुइतिहाई बहुमत ल्याउने भनेको गठबन्धन, बहुमत ल्याउन पनि किन असफल भयो यसको समीक्षा गरौँ ।
(५) एमालेलाई परास्त गर्ने भनेर पाँच दलको महागठबन्धन गर्दा पनि एमाले सशक्त नै देखियो । यस बिषयमा गम्भिर ढंगले सोचौँ र समीक्षा गारौँ ।
(६) समानुपातिकमा कांग्रेसको धेरै मत घटेको छ । यसको जिम्मा पदाधिकारीले लिनु पर्ने कि नपर्ने ? या कार्यकर्ताले लिनु पर्ने हो यसमा समीक्षा गरौँ ।
(७) टिकट बितरणमा गरिएको अन्याय, अत्याचार र मनपरीका बिरुद्ध उतिबेला कोही नबोल्ने । पार्टीमा योगदान गरेका, दुख गरेका, आफ्नो सम्पुर्ण जीवन समर्पित गरेका नेता कार्यकर्ताहरुको राजनीति समाप्त पार्ने अनि आज पन्छाएर किनारामा पारिएकाहरुको बिषयमा केही बोल्न पर्ने कि नपर्ने ? खाली केही मुठ्ठिभर मान्छेको रजाइँ मात्र चल्ने ?
(८) देशैभरी युवाको लहर आएको बेला कांग्रेसमा युवालाई टिकटै नदिएर पन्छाउने अनि अहिले यसको जिम्मेवारी नलिएर पदाधिकारीहरु पानी माथिको ओभानो बन्न मिल्छ ?
(९) पार्टीबाट भएका कमीकमजोरीहरुको नेत्तृत्वले जिम्मा लिनु पर्छ तर कुनै पनि गलत निर्णयमा कसैले असहमति गरेको पाइएन हरेक निर्णय सहमति मै गरेको देखिन्छ त्यसैले टिकट वितरणमा बस्नु भएका अरु नेताहरु जिम्मेवारीबाट भाग्न मिल्छ कि मिल्दैन यसमा बहस गरौँ ?
(१०) पार्टी महाधिवेशनबाट अब कांग्रेस युवामय होला भनेको त झन् युवाले टिकट पाएनन, नेबिसंघ र तरुण दललाई कोमामा राखियो, युवाको आवाज झन बन्द गर्ने काम भयो । अब यस्को जिम्मेवारी कसले लिने ? यसको उत्तर कसैले दिन पर्ने कि नपर्ने ?। जय नेपाल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार