माघअघि नयाँ सरकार नबन्ने संकेत, ओली पथमा देउवा नजाने
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २१:१३:४३
२२ मंसिर, काठमाडौं । संविधान अनुसार नयाँ सरकार गठनको प्रक्रिया लम्बिने देखिएको छ । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका दलहरुलाई कलष्टर अनुसार संख्या मिलाउन अझै समय लाग्ने र त्यसपछि मात्रै निर्वाचन आयोगले समग्र प्रतिवदेन बनाउनुपर्ने भएका कारण सरकार गठनको प्रक्रिया लम्बिने भएको हो । यी सबै प्रक्रिया पुरा गर्न कम्तिमा पनि पुससम्म समय लाग्ने देखिएको छ ।
समय लम्बिने भएपछि सत्ता गठबन्धन दलहरुबीच पनि निर्वाचन आयोगले २७५ जना प्रतिनिधिसभाका सदस्यहरुको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि मात्रै नयाँ सरकार गठनबारे औपचारिक छलफल सुरु गर्ने भएका छन् । समानुपातिक प्रणाली तर्फको कलष्टर अनुसार संख्या विभाजन गरी निर्वाचन आयोगमा पठाउन दलहरुलाई केहीदिन समय लाग्ने भएकाले उनीहरुले नाम पठाएर प्रतिवेदन तयार भएपछि छलफल अगाडी बढाउने भएका हुन् ।
मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगले थ्रेसहोल्ड कटाउने दलहरुले पाउने समानुपातिक सीट संख्या पनि निर्धारण गरिसकेको छ । अब दलहरुले आयोगलाई एकसाताभित्र कलष्टर अनुसार संख्या विभाजन गरी निर्वाचन आयोगमा पठाउने छन् भने त्यसपछि मात्र आयोगले प्रतिवेदन बनाएर राष्ट्रपतिसमक्ष बुझाउने छ ।
प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम नतिजा आइसकेकाले निर्वाचन आयोगले पनि समानुपातिकतर्फका सांसद संख्या टुंगो गरेर राजनीतिक दललाई क्लस्टर अनुसार संख्या विभाजित गरी नाम पठाउन एक साता समय दिने तयारी गरेको छ । दलहरुले अन्तिम विवरण बुझाएपछि आयोगले प्रत्यक्षका १ सय ६५ र समानुपातिकतर्फको १ सय १० सांसदको विवरणसहितको प्रतिवेदन राष्ट्रपतिलाई र निर्वाचित सांसदको विवरण संघीय संसद सचिवालयलाई बुझाउने बताएको छ ।
संविधानमा भएको व्यवस्था अनुसार निर्वाचन आयाोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएपछि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ अनुसार ३० दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले आह्वान गरेको मितिमा पहिलो संसद बैठक बस्नेछ । सभामुख नभएका कारण राष्ट्रपतिले बोलाएको पहिलो संसदको बैठक संसदको ज्येष्ठ सदस्यले सञ्चालन गर्ने प्रावधान छ । यो भन्दा पहिले ती सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने प्रावधान छ ।
उनै जेष्ठ सदस्यले नै बैठकमा अन्य सबै सांसदहरुलाई शपथ खुवाउनुपर्ने प्रवधान छ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र नयाँ सरकार र शपथ लिएको १५ दिनभित्र सभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसका लागि सत्ता गठबनधनभित्र आनौपचारिक छलफल चलिरहेको छ । उनीहरुले संसद बैठक बस्न अगाडी नै सभामुखको विषयलाई टुंगो लगाउने बताउँदै आएका छन् ।
यसअघि बसेको सत्ता गठबन्धनले संसद्को पहिलो बैठकबाट सांसदहरूले शपथ लिएपछि मात्रै सरकारको दाबी गर्न राष्ट्रपतिसमक्ष जाने सहमति गरेको छ । अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरु अब हुने राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीका विवषयमा छलफल गरिहेका छन् । यो पटक २०७४ को जसरी प्रधानमन्त्री नबनाउने सहमति सत्ता गठबन्धन दलबीच भइसकेको छ । यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पथ नपछ्याउने रणनीति बनाएका छन् ।
उनले सरकार र प्रधानमन्त्री संविधान सम्मत मात्रै बनाउनुपर्ने धारणा अगाडी सारेका छन् । २०७४ फागुन ३ गते जरवजस्ती गर्दै संविधान विपरित राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिएका थिए । संविधानतः पहिले संसदमा सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीको शपथ दिनुपर्ने प्रावधान छ । तर, ओलीले सांसदको शपथ नलिँदै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिसमक्ष गएका थिए । यो नजिरलाई नजिरलाई सत्ता गठबन्धनले असंवैधानिक ठहर गरिसकेको छ । यसकारण पनि देउवाले संसदको शपथ नभइ प्रधानमन्त्रीको शपथ नलिने रणनीति बनाएका हुन् ।
२०७४ मा ओलीले संविधान मिचेरै सरकार बनाएकाले त्यसैलाई निरन्तरता दिने बाटोमा जान उचित नहुने भएकाले पनि सत्ता गठबन्धनले सरकार निर्माण गर्न अझै समय लाग्ने जनाएको हो । अहिले गठबन्धनका नेताहरु प्रधानमन्त्री को हुने, राष्ट्रपति को हुने जस्ता विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै समझदारी बनाउन कोसिस भइरहेको र पावर सेयरिङमा कुरा मिलेपछि सबै पदलाई प्याकेजमै समझदारी बनाउने गठबन्धनको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार