वामपन्थी पार्टी एमाले मात्रै हो, वाम सहकार्य हुँदैन : उपाध्यक्ष पौडेलले
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १९:३:५२
२३ मंसिर, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थी एमाले मात्र रहेको बताएका छन् । मुलुकमा तत्काल वाम एकता वा सहकार्यको सम्भावना नरहेको उनले बताए ।
शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले भने ‘वाम सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’
बहुमत ल्याउने उद्देश्यसहित एमाले चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ एमालेको ध्यान नरहेको उनको भनाइ छ । ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण हामी प्रतिपक्षमा बस्छौं’, उनले भने ।
एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै पौडेलले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनना पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिनेदाबी पनि गरे ।
अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार