सरकार गठनमा सरिक नहुने ओलीको संकेत, मुख्य पदमा पनि शून्य बन्दै एमाले
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २२:३१:३८
२३ मंसिर, काठमाडौं । मंसिर ४ को आम निर्वाचनबाट संघीय संसदको दोस्रो ठूदल बनेको नेकपा एमालेले नयाँ सरकार गठन प्रक्रियामा सहभागि नहुने संकेत गरेको छ । नयाँ सरकार कसको र कस्तो बन्ने भन्ने चर्चा चलिरहेका बेला अघिल्लो पटक सरकार गठन र प्रधानमन्त्रीका लागि अग्रसर देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो पटक भने सरकार बनाउने विषयमा अरुची देखाएका छन् ।
निर्वाचन अघिसम्म आगामी सरकार एमालेको हुने भन्दै ठूकुवा गर्दै हिँडेका ओलीलाई निर्वाचनको परिणामले सिथिल बनाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र दुवै राप्रपालाई साथ लिएर चुनावमा गएका ओलीले आफ्नै नेतृत्वको गठबन्धनमा रहेका दलहरुलाई सँगै लिएर सरकार बनाउने बताउँदै आएका थिए । तर, उनको यो इच्छा पनि निर्वाचनको मतपरिणामले पुरा हुन दिएन ।
उनले साथ लिएका जसपाका अध्यक्ष उपेन्द्र यादव नै निर्वाचनमा पराजित भए भने एमालेको सुर्य चिह्न लिएर चुनाव लडेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको अस्तित्व नै संकटमा पर्यो । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले मात्र अपेक्षित सफलता पायो । तर, उसलाई मात्र लिएर सरकार बनाउने हैसियतमा ओली छैनन् । जसपाले पनि ओलीलाई साथ नदिने भएपछि उनलाई नयाँ सरकार बनाउन साना र नयाँ दल लिँदा पनि नेकपा माओवादी नै आवस्यक छ ।
एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजावदीलाई उनले यसअघि नै किनारा लगाइसकेका छन् । सानादल मिलाएर माओवादीले साथ दिँदा एमालेको पक्षमा एक सय ४६ सीट पुग्छ । तर, यो सम्भावना छैन । नमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने संकेत दिए नत उपेन्द्र यादवले नै । सत्ता गठबन्धनभन्दा बाहिरका सबै दल जोड्दा एमालेको पक्षमा १३४ सीट मात्रै हुन्छ । १३८ पुर्याउन स्वतन्त्रबाट जितेकाहरुको साथ एमालेलाई चाहिन्छ ।
यसरी नेपाली कांग्रेस बाहेकका सबै दल मिलाउन सम्भव नभएपछि ओलीले सरकार बनाउने विषयमा अरुची देखाएका हुन् । दोस्रो दल बनेको एमाले पनि सुरुमा सरकार गठनका लागि अंकगणित जुटाउन कस्सिएको थियो । कतिपय नेताहरूले सरकारमा आफ्नो पार्टीको दाबी रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । पहिलेको गठबन्धनलाई हेर्ने हो भने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा गर्दा १३४ सिट पुग्छ । यसले पनि सरकार गठनका लागि चार सिट पुग्दैन् ।
यता, सरकार बनाउन नसक्ने अवस्थामा पुगेको एमालेले यस पटक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरूमा हाल धुनुपर्ने अवस्था देखिएको छ । अहिले सरकार बनाउने तयारीमा रहेको सत्ता गठबन्धनले संघीय सरकार बनाउँदै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरूको भागबन्डाका लागि प्याकेजमा सहमतिको प्रयास गरिरहेको छ ।
प्रदेश सरकार गठनमा पनि एमाले कम्जोर देखिएको छ । यसमा पनि सत्ता गठबन्धन दलबीच सहमति हुने देखिएको छ । यसले गर्दा अबका दिनमा कुन–कुन पार्टी मिलेर संयुक्त सरकार बनाउनेछन् भन्ने प्रतीक्षा एमाले बसेको छ । पार्टीले सरकार गठनका लागि संख्य पुर्याउने अवस्था नआएपछि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि एमाले सरकारमा जाने योजनामा नरहेको बताएका छन् ।
बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले जनमतको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएका छन् । ‘हामी अहिले सरकारमा जाँदैनौं । सरकारमा जान कुनै छलफल र अभ्यास पनि गरेका छैनौँ,’ उनले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो । तर प्राविधिक हिसाबले दोस्रो भएका छौं । त्यसैले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं।’
उपाध्यक्ष पौडेलले आफ्नो बहुमत नपुगेका बेला जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता नरहेको बताउँदै सरकारमा जाने कुनै पहलकदमी नलिएको उनले दाबी गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रतिपक्षमा बसे पनि विकास, सुशाशन र लोकतन्त्रका वकालत गरिरहने जनाए । ‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री जोडेर उसैले सरकार बनाओस् । हामी हेर्छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार