गोपालमानलाई हटाएर कांग्रेसले टुंग्यायो समानुपातिकतर्फका सांसदको नाम
नेपालबहस संवाददाता
मंसिर २४, २०७९ शनिबार २१:३०:३८
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो ।
पुरुषतर्फको कोटामा सहमति हुन नसकेपछि यसको जिम्मा सभापति शेरबहादुर देउवालाई दिइएको थियो । तर, उनले बैठकमा गोपालमान श्रेष्ठ वा अर्को एक हटाएर भएपनि दलित ल्याउनपर्ने भनि दिएको सुझावअनुसार श्रेष्ठलाई राष्ट्रियसभाबाट ल्याउने गरी दलिततर्फको कोटामा रहेका जविन परियारलाई नै राख्न सहमति दिएपछि टुंगो लागेको हो ।
प्रत्यक्षमा प्रतिनिधित्व नभएको दलित र मुस्लिम कलष्टरलाई प्राथमिकता दिनुपर्ने पक्षमा कोइराला उभिएका थिए । क्लस्टर अनुसार कति महिला छनोट गर्ने भन्ने अधिकार आयोगले सम्बन्धित दललाई दिएकाले कोइरालाको दवावमा देउवाले एक सीट व्यवस्थापन गर्ने संकेत पनि दिएका थिए ।
नेताका अनुसार कांग्रेसमा प्रत्यक्ष निर्वाचित आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सीता गुरुङले गरेकाले महिला आदिवासी जनजातितर्फ एक सीट कम गर्ने तयारी पनि भएको थियो । आदिवासी जनजाति तर्फको एक सीट कम गरी त्यसमा सहमामन्त्री जीवन परियारलाई समावेश गर्ने विकल्पमा कोइराला पनि सहमत भएका थिए । तर, अर्को विकल्पका रूपमा श्रेष्ठलाई राष्ट्रियसभामा लैजाने गरी परियारको नाम समावेश गरिएको छ । यसैले नेता गोपालमान श्रेष्ठ सिफारिसमा नपरेका हुन् ।
सिफारिस् हुने नामः–
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७. कुसुम थापामगर
८ मनोरमा सेरचन
खस÷आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
थारुतर्फ
१ कल्पना चौधरी
२. विना कुमारी थनेत
मुस्लिमतर्फ
१ जावेदा खातुन् जागा
तीनजना पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत
निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ । आफ्नो पार्टीबाट नाम चयन गर्दै सिफारिस गर्न अन्य राजनीतिक दलको बैठक पनि अहिले बसिरहेका छन् ।
र याे पनि.. देउवा र शेखरबीच फेरी टक्कर, जीवन ल्याएर श्रेष्ठलाई राष्ट्रियसभा लाने तयारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार