समानुपातिकमा भद्रगोल,कलष्टर मिलाउन सोमबारसम्मको समय
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १५:३८:५५
२५ मंसिर, काठमाडौं । पार्टीभित्र विवाद बढेपछि थ्रेसहोल्ड कटाएका राजनीतक दलहरुले बन्दसूचीको क्रम मिचेर समानुपातिकबाट निर्वाचित हुने सांसदहरुको नामको सूची बुझाएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरुले ऐन र नियम मिचेर बुझाएको समानुपातिकतर्फको बन्दसूचीको क्रम मिलाउन समेबारसम्मको समय दिएको छ ।
दलहरूले आफैं निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा क्रमसंख्यामा पछाडी रहेका नामलाई अगाडी ल्याएर बुझाएका छन भने केही दलले आवश्यक संख्याभन्दा बढीको नाम पठाएका छन् । प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सदस्यको नाम दलहरूले निर्वाचन आयोगमा आइतबार बिहानसम्ममा बुझाएका छन् ।
दलहरुले पुनः सूची अनुसार क्रमसंख्या मिलाएर सोमबार पठाएपछि मंगबारदेखि आयोगले छानबिन गरी निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । आयोगले नाम बुझाउन शनिबार अपराह्न ४ बजेसम्मको समय तोकेको थियो । तर, आन्तरिक विवादका कारण कांग्रेसले आइतबार बिहान करिब सवा १ बजे मात्रै नाम बुझाएको छ । प्रतिनिधिसभाको सूची बुझाएपछि नागरिकता बोकेर कांग्रेसका केही प्रतिनिधि भने साँझदेखि नै आयोग कार्यालयमा बसिरहेका थिए । अन्य दलहरूले भने समयमै सूची बुझाएको आयोगले जनाएको छ ।
समानुपातिक समावेशी सिद्धान्त अनुसारका क्लस्टर मिलाएर दलहरूले नाम नदिएको अवस्थामा आयोगले नाम सच्याउन आइतबार र सोमबार गरी दुई दिनको समय दिने कार्यतालिका छ । त्यसका लागि आयोगले आइतबार नै दलहरूलाई पत्राचार गर्ने आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए । २९ मंसिरमा राष्ट्रपति कार्यालयमा निर्वाचनको प्रतिवेदन नै बुझाउने आयोगको तयारी छ ।
आयोगले सबै दलले कलष्टर मिचेर सूची बुझाएको जनाएको छ । एमालेले मधेसप्रदेशमा पनि प्राथमिकता क्रम मिचेर सूची बुझाएको छ । मधेसको मुस्लिम महिला क्लस्टरको एक नम्बरमा रहेकी जैनब खातुनको नाम पठाउनुपर्नेमा एमालेले दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनको नाम पठाएको छ । तर, बन्दसूचीमा राखिसकेपछि निर्वाचित नभएसम्म हेरफेर गर्न नपाउने कानुनी व्यवस्था छ ।
कांग्रेसले पनि मधेशमा क्लस्टर नमिलाई सूची बुझाएको छ । रेखा कुमारी ठाकुरको नाम तल पारिएको आयोगको भनाई छ । त्यस्तै, माओवादीले बागमती प्रदेशमा अल्पसंख्यकतर्फ एक सीट पाएको छ । तर, दुईजनाको नाम आयोगमा बुझाएको छ । त्यस्तै, लुम्बिनीमा खस–आर्यको क्लस्टर नमिलेको अयोगले जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले मधेस प्रदेशमा सात सीट पाएकोमा आयोगमा भने १० जनाको नाम पठाएको छ । सीटभन्दा बढी नाम दिएर त्रुटि भएको आयोगको भनाइ छ । नागरिक उन्मुक्ति पार्टीले क्लस्टर अनुसार नाम सिफारिस गरेको छैन भने कुनै प्रदेशमा क्रमसंख्या पनि मिचेको छ । लुम्बिनीमा खस–आर्यबाट नाम दिनुपर्नेमा थारूबाट दिएको छ । प्रदेश १ मा क्रम संख्या मिचेर नाम दिएको आयोगले जनाएको छ ।
मधेसमा कांग्रेसले अल्पसंख्यक दुई जनाको मात्र नाम दिन पाउनेमा क्रमसंख्या मिचेर तीन जनाको नाम छनोट गरेको छ । उसले नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकमा पेस गरेको छ । एमालेले पनि मधेसमा अल्पसंख्यकको नाम क्रमसंख्या मिचेर पेस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार