आफ्नै स्वाद र संस्कार संस्कृतीको नेपाली मोडलको पर्यटन आवश्यक : मन्त्री किराती
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:५६:१३
२१ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यसभेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नु पर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने धारणा राखे ।
पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतीको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने कुरामा उनले ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्नेमा जोड दिए ।
पूर्व मन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादनको ब्राण्डिङमा समेत जोड दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकिकृत अवधारणा आवश्यक रहको बताए । उनले पर्यटनको विकासका लागि स्थानिय परिकारलाई प्रवद्र्धन गर्नु पर्ने पूर्वको समग्र पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए । उनले हील स्टेशनको अवधारणा अनुरुप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल ल्याउन सकिने समेत बताए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादन मुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । विगत देखि नै पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा जोड दिएको बताउँदै यो एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले बताए ।
फागुन ११ गतेदेखि शुरु भएको एक्पोमा पर्यटनसंग सम्बनिधत १५ सहित विभिन्न १३० वटा स्टरल रहेको सुनसरी उद्योग वासणज्य संघ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
निकुञ्ज हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार