रोनाल्डोकी प्रेमिकाले भनिन्- ‘हारको मुख्य दोषी प्रशिक्षक सान्तोष हुन्’
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ सोमबार ०:११:३
२५ मंसिर, दोहा । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगेजले विश्वकपको क्वाटर फाइनलबाट बाहिरिनुको कारण प्रशिक्षक फेर्नान्डो सान्तोष रहेको बताएकी छिन्।
कतारमा जारी विश्वकपमा पोर्चुगललाई १-० ले पराजित गर्दै शनिबार राति मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । खेलमा रोनाल्डोलाई खेलमा दोस्रो हाफको अन्तिम समयतिर प्रवेश गराएका थिए । जर्जिनाले पोर्चुगल बाहिरिनुमा प्रशिक्षक सान्तोस मुख्य दाेषी रहेको बताइन् ।
उनले रोनाल्डोको फोटोसहित एउटा सन्देश आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्, ‘आज तिम्रो साथी तथा प्रशिक्षकले गलत निर्णय गरे, जुन साथीको प्रसंशा र सम्मानमा तिमीले धेरै शब्द खर्चिएका थियौं ।’ रोनाल्डोलाइ सुरूवाती ११ भित्र नसमेटेको भन्दै प्रशिक्षक सान्तोसको आलोचना भइरहेको छ ।
रोनाल्डोलाई गत मंगलबार स्विट्जरल्याण्डविरूद्धको प्रिक्वाटर फाइनलमा सान्तोसले पहिलो पल्ट सुरुवाती एघारबाट निकालेका थिए । त्यो खेलमा गोन्सालो रामोसको ह्याट्रिकको सहयोगले पोर्चुगलले ६–१ गोलको जित तुल्याएको थियो ।
दोस्रो हाफमा गोल फर्काउन सान्तोषले रोनाल्डोलाई मैदानमा प्रवेश गराए पनि सफल हुन सकेनन् । जर्जिनाले सान्तोसको प्रशिक्षणप्रति प्रश्न उठाएकी छन् । लेखेकी छिन्, ‘जो यसको योग्य छैन, त्यसका लागि तिमी अडिग हुन सक्दैनौं। जीवनले पाठ सिकाएको छ। आज हामीले हारेका छैनौं, सिकेका छौं ।’
यस्तै, रोनाल्डोकी दिदी एल्मा अभेइरोले भनेकी छिन्, ‘भगवानलाई सबै थाहा छ। टिमको लागि दुःख छ तर यो समय शिर उठाएर अगाडि बढ्ने बेला हो ।’
उता खेलमा पराजित भएपछि प्रशिक्षक सान्तोषले राेनाल्डाेलाइ सुरूबाटै नखेलाउँदा पश्चताप नभएकाे प्रतिक्रिया दिएका छन् ।
खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् ‘मलाई लाग्दैन कि पश्चाताप छ । रोनाल्डो महान् खेलाडी हुन् । उनी आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार