शान्ति मिसनको पी-४ तहमा सशस्त्रका एसएसपी श्रेष्ठ छनाेट
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार २०:४३:२२
२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ राष्ट्रसंघको दक्षिण सुडानमा सञ्चालित शान्ति मिसनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पी-४ तह)मा श्रेष्ठ छनोट भएका छन् ।
सशस्त्र प्रहरी बल स्थापना भएपछिको पहिलो ब्याच सिसम-१ का सर्वोत्कृष्ट श्रेष्ठले संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको ग्लोबल भ्याकेन्सीमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका हुन् । श्रेष्ठ पोखरास्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत छन् ।
राष्ट्रसंघले लिएको परीक्षामा उत्कृष्ट भएका श्रेष्ठ सिसम-१ बाट पि-४ लेभलमा छनोट हुने पहिलो अधिकृत हुन् । राष्ट्रसंघको साउथ सुडान मिसनमा रिक्त पिओसी कोअर्डिनेटर पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्रसंघ प्रहरी डिभिजनबाट गरिएको विज्ञापनमा नेपालको तर्फबाट एसएसपी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
पी–४ तहमा छनोट भएका श्रेष्ठले यसअघि साउथ सुडान मिसनमा १ वर्ष एफपीयु कमाण्डर तथा शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्रसंघको सहयोग मिशन इराकमा नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
दाइको हत्या आरोपमा भाइ पक्राउ
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
नेपालमा कुष्ठरोगः अझै उच्च जोखिममा छन् १८ जिल्ला
माघ १३, २०८१ आइतबार
रसुवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
माघ १३, २०८१ आइतबार
हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने
माघ १३, २०८१ आइतबार