कांग्रेस नेता केसीको अर्जुनदृष्टि प्रतिनिधिसभाको सभामुखतिर !
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २१:१३:२४
२९ मंसिर, काठमाडौं । सत्ता गठबन्धन र विपक्षी दलका शीर्ष नेतासँग भेटघाट बाक्लिएको प्रसंगमा विविध प्रश्नहरु उठेको भन्दै नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सञ्चारमाध्याममार्फत स्पष्टीकरण नै दिएपनि उनको चाहना भने प्रतिनिधिसभाको सभामुखतिर नै देखिएको छ । उनले शीर्ष नेताहरुसँगको आफ्नो भेटघाट पदीय उदेश्यले नभएको बताएका छन् । केसीले पदको लोभ नभएको दावी प्रस्तुत गरिहँदा भेटघाटको उदेश्य भने राजीनितक समीकरण र पदीय भागबण्डामै केन्द्रित भएको देखिन्छ ।
मंसिर ४ को निर्वाचनमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राजनीतिक बृतमा सम्भावित सभामुखका लागि नेता केसी चर्चामा छन् । केसीले सभामुखका लागि सार्वजनिक रुपमा चाहना नदेखाएकै अवस्थामा कांग्रेस बृतबाटै सभामुखमा उनको चर्चा सुरु भएको थियो । कांग्रेसले सभामुख लियो भन्ने त्यसको सम्भावित उम्मेदवार केसी हुन भन्ने कुरा अहिले पनि चलिरहेकै छ ।
सत्ता गठबन्धनमा अहिले कुन पद कुन दलले लिने भन्ने यकिन भएको छैन् । मुलतः राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको भागबन्डा अहिले पेचिलो बन्दै गएको छ । कांग्रेसले सभामुख लिए मात्र पहिलो चरणमा प्रधानमन्त्री लिन पाउने माग सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादीको छ । उसले राष्ट्रपति कांग्रेसले लिदा पहिलो चरणको प्रधानमन्त्री लिने अडान कायमै राखेको छ ।
सबै तर्क र व्यवहारिकतालाई हेर्दा प्रतिनिधिसभा अर्थात संसद विपक्षीको हुनुपर्छ भन्ने मान्यता रहेपनि यसलाई संविधान जारी पछि बनेको पहिलो नेकपा सरकारले नै भङ्ग गरिसकेको छ । माओवादीबाट अहिले अर्थमन्त्री रहेका जनार्दन शर्माको नाम सभामुखका लागि चर्चामा छ । तर, उनले यसैका लागि भनेर दौडधुप गरेको देखिदैन् । केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दा उनको भेटलाई लिएर दुई विषय चर्चामा आएका थिए ।
पहिलो विषय केसीको अर्जुनदृष्टि प्रतिनिधिसभाको सभामुखतिर भएकाले विपक्षी दललाई पनि मनाउन बालकोट पुगेका हुन् । दोस्रो सम्पन्न निर्वाचनमा कुनै पनि दलको एकल सरकार बनाउने संख्या नपुग्ने भएकाले सबैभन्दा सहजरुपमा कांग्रेस नेतृत्वमा एमालेसँग मिलेर सरकार बनाउने र बाँकी पदहरुमा पनि यही अनुसारको भागबण्डा मिलाउने । किनभने नेपाली कांग्रेस र नेकपा एमालेलाई सहमति गराएर सरकार बनाउने प्रयास अमुक शक्तिले गरिरहेकै समयमा केसीले ओलीसँग भेट गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको सन्देश लिएर केसी बालकोट पुगेको आशंका गरिएपनि यसको आधिकारिक पुष्टि भएको छैन् । यसकारण केसीले सभामुखमा विपक्षी दलको सहयोग खोज्न नै ओलीसँग भेट गरेका थिए भन्ने कुरा पुष्टि हुन्छ । सभामुखमा उनको चर्चा सुरु भएपछि यसका लागि केसीले पनि आकांक्षा राखेको उनी निकट नेताहरु बताउँछन् । उनीहरुको भनाइमा सभामुख पदका लागि केसी योग्य उम्मेदवार पनि हुन् ।
कांग्रेस बृतबाट सभामुखमा केसी चर्चा हुँदा खासै विरोध आएको पनि देखिएको छैन् । उनलाई शालिन नेताको रुपमा पनि हेर्ने गरिन्छ ।सभामुख हुन शालिन, भद्र, सहनशील र सवै खालका विचारलाई मिलाएर सम्बोधन गर्न सक्ने व्यक्ति नै सभामुखका लागि योग्य हुने राजनीतिज्ञहरु बताउँछन् । जनसम्पर्कका लागि पनि केसी अरु नेताको तुलनामा सहज भएको आम सञ्चारमाध्यामको पनि बुझाई छ । तर, उनले पदीय आकांक्षले नेता नभेटेको बताएका छन् ।
सभामुखति आकांक्षा नभए अन्य खास राजनीतिक कारण र कुनै समीकरण मिलाउन जिम्मेवारीमा पनि नरहेका केसीको भेटघाट केका लागि भन्ने प्रश्न पनि यतिबेला उब्जिएको छ । किनभने केसीले केही दिनयता सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत दलका शीर्ष नेताहरुसँग उदेश्यलक्षित भेटघाट र छलफल गरेका छन् ।
स्थापित पार्टीका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रुपमा नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई भोट दिएको र स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गर्न भेट गरिरहेको केसी भनाई यस अर्थमा पनि सान्र्दभिक देखिदैन कि उनी अहिले यी विषयहरुको सामुहिक समीक्षा गर्ने कुनै जिम्मेवारीमै छैनन् ।
अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने भन्दै दिएका तर्कले पनि उनको अर्जुनदृष्टि प्रतिनिधिसभाको सभामुखमै भएको देखाउँछ । तर, यसका लागि पनि पनि सत्ता गठबन्धनमा सहमति हुन आवश्यक हुन्छ । केसीले यसैको वातावरण मिलाइरहेको उनी निकटकाहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार