तराईका जिल्लामा जाडोले जनजीवन प्रभावित
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २१:२९:८
२९ मंसिर, जलेश्वर । महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार/पाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् ।
चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ ।
चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. सतिशकुमार साहले बताए । दशक नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् ।
जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका-८ का किसान आशनारायण मण्डलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार