गण्डकीमा मुख्यमन्त्री : कांग्रेसमा किचलो, खगराजलाई गुरुङको चुनौती
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १९:१४:३१
१ पुष, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि संसदीय दलको नेता छान्ने विषयमा नेपाली कांग्रेसभित्र किचलो देखिएको छ । केन्द्रले सहमतिमा दलको नेता चयन गर्न आग्रह गरेपनि कांग्रेसकै चार आकांक्षीबीच प्रतिस्पर्धा हुने देखिएको हाे । संस्थापन पक्षभन्दा इतर पक्षले बहुमत पुर्याउने दावी गर्दै आएको छ । सांसद चयनको प्रक्रिया सकिएसँगै कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षीहरु दलको नेता बन्न कस्सिएर लागेका छन् ।
कांग्रेसका आकांक्षीहरुलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले आफुसँग बहुमत रहेको भन्दै अरुले सहमति खोजिरहेकै बेला चुनावी प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । प्रत्यक्ष र समानुपातिक दुबै तर्फको नतिजा आाइसकेकाले यतिबेला सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित देखिएको छ । जिसीका कारण गण्डकीमा पहिलो दल बनेको नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रुपमा हेरिएपनि उनलाई स्याङजा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भोजराज अर्याल र नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौति दिएका छन् । केन्द्रमा अर्यालको नाम चर्चामा रहेपनि प्रदेशमा जिसीले आफुसँग बहुमत भएकोले प्रतिस्पर्धा गर्ने अडान दाोहोर्याइरहेका छन् ।
जिसीले शुक्रराज शर्मा नआएपछि कांग्रेसबाट आफु नै पहिलो दावेदार भएको बताइरहेका छन भने उनीभन्दा सिनियर भनिएका भोजराज अर्याल सहमतिबाटै आफु दलको नेता बन्ने बताइरहेका छन् । समस्या के छ भने यी दुबै नेता संस्थापन इतरसमूहका हुन् । जिसी र अर्याल शेखर कोइराला र महामन्त्री गगन थापा समुहका भएकाले दुइमध्ये एकलाई मात्र दलको नेतामा उभ्याउन केन्द्रीय नेताहरुको पहल आवश्यक देखिएको छ ।
यता, संस्थापन पक्षका पाण्डे भने सर्वसम्मत रुपमा आफैँ नेता बन्ने दौडमा लागेका छन् । संस्थापन पक्षबाट पनि पाण्डेलाई विन्दुकुमार थापाले चुनौती दिइरहेका छन् । सर्वसम्मत नेतृत्व चयन हुने कुरामा संस्थापन पक्षकै अर्का नेता विन्दुकुमार थापाले पनि शंका गरेका छन् । गण्डकी कांग्रेसले भने सर्वसम्मतको प्रयास हुने बताएको छ । मुख्यमन्त्रीका लागि अन्य दलहरुमा पनि उस्तै दावी छ ।
दोश्रो ठूलो दल नेकपा एमालेमा पनि दलको नेताका रुपमा खगराज अधिकारीलाई हेरिएको छ । उनी संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन् । प्रदेश सांसदमध्येमा पार्टीभित्र उनी सबैभन्दा माथिल्लो पदको नेता मानिन्छन् । तर, उनलाई पनि अरु सांसदहरुले चुनौती दिने बुझिएको छ । कास्कीमा खगराज र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टै समूह छ । उक्त समूह प्रदेशसम्म पनि झाँगिएको छ ।
उसले संसदीय दलको नेताका लागि अरुलाई अघि सार्न सक्ने धेरैको आंकलन छ । त्यसो हुँदा बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्की लगायत नेताहरुको चर्चा छ । यद्यपि उनीहरुले सार्वजनिक रुपमा आफू दलको नेता हुने बक्तब्य दिएका छैनन् । गुरुङले यसअघि नै खगराजलाई चुनौती दिँदै निर्वाचनको समयमा लमजुङले पुनः मुख्यमन्त्री पाउन सक्ने बताएका थिए । उनले जमिन्द्रमान घलेलाई अघि सार्ने बुझिएको थियो । तर, घले प्रतिस्पर्धामै पराजित भए ।
माओवादीले हरिबहादुर चुमानलाई दलको नेता बनाउन सक्छ । उनी यसअघि पनि दलको नेता भएर काम गरिसकेका व्यक्ति हुन् । त्यसो त, उनलाई चुनौती दिने नेताहरु पनि खासै निर्वाचित भएका छैनन् । यद्यपि उनी पार्टीभित्र देव गुरुङ समूह निकट मानिन्छन् । उनीविरुद्ध पनि उम्मेदवारी पर्न सक्ने माओवादीकै नेताहरुको दावी छ । तर प्रतिस्पर्धामा को आउने भन्ने कुनै संकेत गरेका छैनन् ।
माओवादीले समानुपातिकसहित ८ सीट जित्दै तेश्रो दल बनेको छ । कांग्रेससँग २७ सीट छ भने एमालेले २२ सीट पाएको छ ।समानुपातिकबाट संसदमा इन्ट्री गरेको राप्रपासँग २ सीट र एकीकृत समाजवादीको १ सीट छ । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीलाई शून्य हुनबाट जोगाएका छन् । अन्य पार्टीले यहाँ संसदीय दलको नेता पाउँदैनन्, उनीहरुको संसदीय कार्यालय पनि रहने छैन । अहिले संसदीय दलको नेता बन्न सांसदहरुको काठमाडौं दौडधुप बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार