बीरगञ्जका मेयर सिंह नगरवासीको घरदैलोमा, विकासका लागि साथ दिन आग्रह
आबिद हुसेन
पुस १, २०७९ शुक्रबार १९:३४:४६
१ पुष, बीरगञ्ज । बीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको छ ।
महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो ।
आज हटाउन चेतावनी दिएर आइएको र भोलीदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ । सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभावी पार्किङ गर्ने गरेको भेटिने गरेको छ ।
यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार संचालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ । भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार