कांग्रेसका सबै सांसदलाई बालुवाटारमा निम्ताे, दलको नेताबारे राय लिने
नेपालबहस संवाददाता
पुस २, २०७९ शनिबार १६:९:५६
२ पुष, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चयनबारे छलफल गर्न पार्टीका सबै सांसदहरुलाई बलुवाटार बोलाएका छन् । उनले दलको नेतामा धेरैले आकांक्षा देखाएपछि यसबारे सामुहिक छलफल गर्न र शुभकामना आदानप्रदान गर्न निम्ता दिएकाे बताइएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम परिणाम आइसकेपछि सभापति देउवाले शनिबार पहिलोपटक सबै सांसदहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन् । देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका उनको निजी सचिवालयले जनाएको छ ।
आज सबै सांसदहरुको राय बुझेपछि देउवाले पुष पहिलो साता संसदीय दलको नेता चयनको कार्यक्रम राख्ने तयारी गरेको बताइएको छ । ३ पुषमा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने सभापति देउवाको तयारी छ । समानुपातिकको प्रमाणपत्र वितरणलगत्तै संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालबहसलाई जानकारी दिएका छन् ।
संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप चलेपछि सभापति देउवाले तत्काल नगराउने सोच बनाएका थिए । तर, पार्टीमा यसैका कारण विवाद आउने देखिएपछि उनी दलको नेताका लागि चुनाव गराउन तयार भएका छन् । कांग्रेस संसदीय दलको नेताका लागि ६ जनाले आकांक्षा राखेका छन् । संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।
यसैकारण कारण कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, इतरसमूहका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंहले दलको नेता बन्ने चाहना राखेका छन् । संस्थापन पक्षले सभापति देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ । इतर समूहको आधिकारिक उम्मेदवारबारे आकांक्षीबीच सहमति बनिसकेको छैन । नेता डा. कोइराला र महामन्त्री थापा आकांक्षी रहेपनि उनीबीचमा नै सहमति भएको छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार