पावर सेयरिङ: घुमिफिरी प्रचण्ड अस्थिर राजनीतिकै भूमिकामा
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १७:२७:३८
३ पुष, काठमाडौं । आम निर्वाचन २०७९ को नतिजाले कुनै पनि दल एकल सरकार गठनका लागि सक्षम नखिएको अवस्थामा पावर सेयरिङका विषयहरु यतिबेला चर्चामा छन् । ८९ सीटसहित नेपाली कांग्रेस र ७८ सीटसहित नेकपा एमाले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन् । सत्ता र शक्ति बाँटफाँडको राजनीति चलिरहँदा त्यसको केन्द्र विन्दुमा छन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ।
उनको अस्थिर मूमिकालाई उपयोग गर्न ठूला भनिएका कांगे्रस र एमालेका तल्लिन छन् । उनी लामो समयदेखि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आवद्ध छन् । तर, उनको भूमिका अहिले पनि स्पष्ट छैन् । प्रचण्डको यहि दाोहोरो भूमिकामाथि टेकेर एमाले सत्ता गठबन्धनबाट माओवादीलाई अलग्याउने रणनीति बनाइरहेको छ । यसका लागि माओवादी र एमाले नेताहरुबीच लगातार संवाद पनि चलिरहेको छ ।
प्रतिनिधिसभामा आएका दल मिलाएर सरकार बनाउनुपर्ने बाध्यता रहेपनि माओवादी आफ्नै पहलमा सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन सक्ने अवस्थामा छैन् । यसलै अरु दलले साथ दिँदा कांग्रेस वा एमाले जोसँग बढी संख्या हुन्छ उतै मिसिनुपर्ने बाध्यतामा माओवादीमा छ । यही राजनीतिक सेरोफेरोलाई टेकेर आगामी सरकारको नेतृत्वत्व गर्ने प्रयासमा छन् माओवादीका अध्यक्ष प्रचण्ड पनि ।
२०६३ मंसिर ५ को बृहतशान्ती साम्झौता यताका हरेका सरकार र राजनीतिक प्रकरणमा अध्यक्ष प्रचण्डको रोल अस्थिरतातर्फ नै केन्द्रित छ । पदीय लाभका लागि उनले जुनसुकै बेला जोसँग पनि समीकरण बदल्न सक्ने भएकाले उनलाई नेपाली राजनीतिमा ‘पिंध नभएको लोहोटा’को संज्ञा पनि दिने गरिएको छ । प्रचण्ड निर्वाचन क्षेत्रका विषयमा हुन वा अरु दलसँग सहकार्य गरेको अवस्थामा हुन् । उनको भूमिका जहिलो पनि विवादास्पद नै रहँदै आएको छ ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेससँग मिले र चुनावमा जानेसहमति गरेको उनले पछि एमालेसँग गबन्धन बनाएर चुनावमा गए । एमाले नेतृत्वको गठबन्धनले बहुमत पनिल्यायो । तर, त्यही सरकार ढालेर उनैले पछि फेरी नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनाएर सरकारको नेतृत्वमा पनि कांग्रेसलाई नै पुर्याए । कांग्रेस नेर्तत्वमा रहेका पाँच दल मिलेर स्थानीय निर्वाचनमा गएका थिए भने संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धन एकसाथ गएको थियो ।
यहिले पनि यो गठबन्धन कायम छ तर, प्रचण्ड कायम रहन्छ कि रहँदैनन् भन्ने प्रश्न फेरी उठको छ । उनी प्रधानमन्त्रीका लागि सत्ता गठबन्धन अर्थात कांग्रेसलाई छोड्न पनि तयार भएको संकेत गरिसकेका छन् । सत्ता गठबन्धनलाई नै अहिले सरकार बनाउन सहज देखिएकाले उनी प्रधानमन्त्री बन्ने कुरा पनि सत्ता गठबन्धनभित्रै छलफल गरेर मिलाउनुपर्ने हो । तर, उनको भूमिका स्पष्ट छैन् । उनको भूमिकालाई लिएर न कांग्रेस विश्वस्त छ न एमाले ।
कांग्रेसभित्र पनि प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन हुँदैन भन्ने मत धेरै छैन् । अरु पदीय भाबण्डा मिलाएर पहिलो चरणमा उनीलाई नै प्रधानमन्त्री बनाउन कांग्रेस भित्रको ठूलै जमात तयार छ । यसका लागि पार्टी सभापति शेरबहादुुर देउवालाई दवाव पनि कांग्रेसभित्रबाटै परिरहेको छ । तर, प्रचण्ड आफै भने स्पष्ट छैनन् । उनले नेकपा सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको धोकाको बदलामा जाने अहिले ओलीको रणनीति छ ।
ओलीले ३२ सीट भएका प्रचण्डलाई गठबन्धनबाट अलग्याए पछि रणनीति खेल खेल्ने विषय पनि राजनीतिक चर्चामा आइरहेका छन् । प्रचण्ड गठबन्धनबाट बाहिरिएपछि एमालेले आफुले सरकार नबनाएर कांग्रेसलाई सरकार बनाउन दिने र आफुले पछाडीबाट समर्थन गर्ने प्रस्ताव नै कांग्रेसलाई पठाइसकेको छ । न्युनतम राष्ट्रिय समजदारी बनाए र एसरी सरकार बनाउने र अरुदललाई पनि सहभागि गराएर संविधान संशोध गर्ने संख्या पुर्याउने रणनीतिमा ओली रहेको भनाई एमालेका नेताहरुबाट सार्वजनिक भइरहेको छ ।
प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धनमा पावर सेयरको बारेमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो भएको भेटमा दाहालले आगामी दिनको ‘पावर सेयरिङ’को बारेमा देउवासँग जिज्ञासा राखेका थिए । मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेस ८९ स्थान जित्दै पहिलो दल बनेको छ ।
२०७४ सालको चुनावमा कांग्रेसले ६३ स्थानमा जितेको थियो । २०७४ सालका ५४ स्थानमा जितेको माओवादी केन्द्र भने ३२ स्थानमा खुम्चिएको छ । चुनावी परिणामअनुसार सत्तारुढ गठबन्धनभित्रबाट मात्रै सरकारका निर्माणका लागि आवश्यक पर्ने बहुमत पुग्दैन । सानादल मिलाउनै पर्छ ।
यता, प्रचण्डको भूमिका अस्थिर हुने देखिएपछि शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित एमालेले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरिरहेको छ । सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँटमा उदार रहने रणनीतिका ओलीले अनौपचारिक तहबाटै कसरत थालेका छन् । ओली रणनीतिमा प्रचण्ड सहमत भए र ओलीले प्रचण्डमाथि अर्को घात नगरे कांग्रेस प्रतिपक्षमा पुग्ने सम्भावना पनि कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार