राष्ट्रपतिको सातदिने अल्टिमेटम, प्रधानमन्त्रीमा दाहाल कि देउवा ?
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १५:५०:२
४ पुष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सत्ता गठबन्धन दवावमा परेको छ । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि पुष १० गते साँझसम्ममा आवश्यक संख्यासहित प्रधानमन्त्रीमा दावी पेस गर्नुपर्ने छ ।
राष्ट्रपतिले प्रधानमन्त्री चयनका लागि सात दिनको समयसीमा राखेर राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकसी सुरु भएको छ । दुवै नेताले पहिले आफैं प्रधानमन्त्री हुन दाबी गरेपछि सहमति जुटाउन गठबन्धनमै सकस उत्पन्न भएको छ । सत्ता गठबन्धनमा सहमति नभए सातदिनभित्र आवश्यक संख्यासहित दावी पेश गर्न कांग्रेस र एमालेबीच सहमति विना अर्को विकल्प छैन् ।
यसैले पनि सत्ता गठबन्धनबाट दुई नेतामध्ये एकमा प्रधानमन्त्रीका लागि सहमति नभए कस्तो सरकार बन्छ भन्ने जिज्ञासा पनि बढेको छ । आइतबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने संस्थागत निर्णय गरेपछि प्रधानमन्त्रीको विषय झन पेचिलो बन्दै गएको छ । अर्कोतिर सत्ता गठबन्धनबाट देउवा र दाहाल जो प्रधानमन्त्री बन्दा पनि आवश्यक संख्या पुग्ने अवस्था छैन् ।
कांग्रेसलाई सरकार निर्माणका लागि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीको ४ र राष्ट्रिय जोमोर्चाको १ सिटले पुग्दैन । कांग्रेसको ८९ सहित सत्ता गठबन्धनमा १ सय ३६ सिट छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थप २ सिट अपुग छ । त्यसका लागि देउवाले ६ सिट रहेको जनमत पार्टी र ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेपनि सहमति भइसकेको छैन् ।
देउवा र दाहाल दुवैले प्रधानमन्त्रीमा दावी कायम राख्दा सत्ता गठबन्धनबाट सरकार नबन्ने अवस्था पनि बिकसित हुँदै गएको छ । प्रधानमन्त्रीको दावी गरिरहेको नेपाली कांग्रेस माओवादीले सरकारको नेतृत्वमा दाबी गर्दैमा सत्ता गठबन्धन भत्किने आशंका गर्न नहुने पक्ष्ँमा दखिएपनि माओवादीले यसलाई सहज रुपमा लिएको छैन । माओवादीका नेताहरुले यस पटक माओवादीको नेतृत्व देउवाले स्वीकार नगरे गठबन्धन भत्किन सक्ने चेतावनी पनि दिएका छन् ।
उनीहरुको बुझाइमा दाहालको प्रस्ताव राष्ट्रपतितिर छैन । राष्ट्रपतिको निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको निर्वाचन मण्डलबाट हुने भएकाले कांग्रेस राष्ट्रपति दिन तयार भए पनि विदेशी शक्तिको चलखेलले हराइदिन सक्ने चिन्ता दाहालमा छ । त्यसैले प्रधानमन्त्री पदलाई उनले बटमलाइन बनाउन खोजेका छन् । कांग्रेसकै कतिपय नेताले पनि िदाहालको अग्रसरतालाई बल पुर्याउने काम गरिरहेका छन् । कांग्रेसले राष्ट्रपति लिएर माओवादीलाई सरकारको नेतृत्व दिनुपर्ने मत कांग्रेस भित्र पनि बलियो देखिएको छ ।
यी विविध विवादले पनि अन्त्यमा नेताहरुले भनेअनुसार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सम्भावन बढेर गएको छ । एमाले सरकारमा सहभागि नभएपनि न्युनतम राष्ट्रिय मुद्दाहरुमा सहमति भए बाहिर बसेर कांग्रेसलाई सरकार बनाउन सघाउने विषयमा पनि कांग्रेस र एमाले नेताहरुबीच छलफल चलिरहेकै छ । अर्को माओवादीले सत्ता गठबन्धन छाडेर गएको अवस्थामा एमालेले साथ दिए कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने सम्भावना पनि उत्तिकै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार