एमालेतिर गएर सरकार बनाउने कुरा झुट हो: अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १८:१७:५६
४ पुष, नारायणगढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर सरकार बनाउने भन्ने विषयमा सत्यता नभएको बताएका छन् । उनले निर्वाचनको परिणामपछि माओवादी एमालेसँग मिल्छ र सरकार बनाउने विषयमा अहिलेको सत्ता गठबन्धनलाई छोडछ भन्ने कुराको हल्ला बजारमा आएपनि यो सम्भावनाहिन हल्ला भएको बताएका छन् ।
प्रेस सेन्टर, नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष्ँ प्रचण्डले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने बताए । उनले अहिले औपचारिक बैठक नबसेपनि चाँडै गठबन्धनको बैठक बस्ने र सरकार गठन लगायत शक्ति बाँडफाँटका विषयमा छलफल गरेर गठबन्धनको सरकार बन्ने र अघि बढ्ने बताए ।
प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्न बाँकी नै रहेको भन्दै शक्ति बाँडफाँटमा मात्रै छलफल केन्द्रित रहेको जानकारी दिए । उनले बाम लोकतान्त्रिक गठबन्धनमा रहेका र बाहिरका दलहरुसँग पनि छलफल हुने सबैको सहमति जुटाएर राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाउने दावी गरे ।
अहिलेसम्म गठबन्धन दलबीच व्यक्तिकेन्द्रित छलफल नभएको उनको भनाइ छ । एमालेसँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको स्पष्ट पार्दै प्रचण्डले भने, ‘बाहिर आएजस्तै औपचारिक र आधिकारिक रुपमा कुराकानी भएको छैन । सरकार गठबन्धनबारेमा एमालेलगायतका दलहरुसँग छलफल हुन नौलो कुरा पनि हैन । छलफल सबैसँग भइरहेकै छ ।’
उनले सरकार गठनबारे कांग्रेस,एमाले लगायत सबैजसो दलबीच पनि कुराकानी भइरहेको भन्दै स्वतन्त्र सांसदहरुसँग पनि आफ्नो कुरा भइरहेको बताए । कतिपय व्यक्तिहरुले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा उठाएपनि योबारे कुनै दल र नेताबीच छलफल नभएको उनको भनाइ छ । प्रचण्डले प्रधानमन्त्रीको विषय पनि चाँडै टुंगो लाग्ने बताए । उनले भने,‘जो प्रधानमन्त्री भएपनि हामी सल्लाहबाटै मिलाउँछौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार