बामपन्थी सरकारको कुरा हामीलाई घर न घाटको बनाउने षडयन्त्र होः अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार २०:२४:५३
४ पुष, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार बनाउने विषयमा बामपन्थी दलको कुरा गरेर बामपन्थीलाई नै घर न घाटको बनाउन षडयन्त्र भइरहेको बताएका छन् । अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा बामहरू एक भएर सरकार बन्न सक्ने अवस्था नरहेको भन्दै यो बेला बाम शक्तिको कुरा गरेर अल्मल्याउन खोज्नु भनेको बामपन्थीलाई सिध्याउने षडयन्त्र भएको दावी गरेका छन् ।
पार्टीबाट निर्वाचित सांसदहरूको शुभकामना कार्यक्रममा बोल्दै उनले अहिले वामपन्थी दलहरू एक भएर सरकार बनाउने हल्ला चलाए पनि त्यो सम्भव नभएको र त्यो बाटमा लाग्दा परिस्थिति झन प्रतिकुल हुने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै अध्यक्ष नेपालले वामपन्थी सरकारको मसला फालेर जनता अल्मल्याउने कुरा गर्नु मुर्खता हुने बताए । वामपन्थीको सरकार बनाउनेतिर लागे पहिले जस्तै (नेकपा सरकार) भएको कुरा गुमाएर घर न घाटको हुने उनको बनाइ छ ।
अध्यक्ष नेपालले आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको र सरकार बनाउने विषयमा आज पनि छलफल भएको जानकारी दिए । उनले अन्य दलमा संसदीय दलको नेता छानिएपछि सरकार बनाउने विषयलाई निर्णायक मोड लिने पनि उल्लेख गरे । साथै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल पछि सरकार गठनको समीकरण टुंगो लाग्ने पनि उनले जानकारी दिए ।
उनले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिन नहुने र जस्तो परिस्थिति आएपनि सामना गर्न तयार रहनुपर्ने बताए । उनले उनले भने, ‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं । गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउनु भएन । आउने जस्तोसुकै स्थितिको सामना गर्न तयार हुनुपर्छ ।’
उनले सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेको बताए । कतिपयले वामपन्थीमात्रै र गैरवामपन्थीको सरकार बन्न सक्ने चर्चा गरेको भन्दै उनले त्यसको अर्थ नभएको बताए । यो प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई फाइदा भएको टिप्पणी गर्दै नेपालले अरु जम्मैले नोक्सानी बेहोर्दा नेपाली कांग्रेसले फाईदा लियो तर यो स्वभाविक भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार