कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १५:५:५३
५ पुष, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनलाई लिएर गरमागरम बढेको छ । दलको नेतामा आकांक्षा राख्नेहरुलाई निर्वाचन समितिले आज मंगलबार उम्मेदवारी दर्ता हुने कार्यतालिका बनाएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता र बुधबार मतदानको कार्यतालिका तय भए पनि इतर समूहले आधिकारिक उम्मेदवार सोमबारसम्म टुंगो लगाउन सकेको छैन । डा. शेखर कोइराला र महामन्त्री गगन थापाको दलको नेतामा दाबी छ ।
इतर समूहबाट सहमतिमा एक उम्मेदवार बनाउने सोमबार दिनभर कोसिस भए पनि डा. कोइराला र महामन्त्री थापाको अडान यथावत् हुँदा सम्भव भएन । मंगलबार पुनः छलफल गरेर आफ्नो समूहबाट एक उम्मेदवार बनाउन कोसिस हुने इतर समूहका नेताहरूको दाबी छ । तर, कोइराला र थापा दुवैले उम्मेदवारीलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
मंगलबार पनि सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् । सहमहामन्त्री जीवन परियारले आफूहरूले दुई नेतालाई सँगै राखेर मिल्न दवाव दिएको र दुवैको दाबी निरन्तर रहकोले निष्कर्षमा पुग्न नसकेको बताए । परियारले उम्मेदवारी दिने समयसम्ममा एकजनामा सहमति जुटाउने प्रयास जारी रहने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार