कर्णालीकै नमुना बन्दै चन्दननाथ लघुवित्त सहकारी
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १९:५८:३१
५ पुष, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ ।
सहकारी विषेशगरी माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलालाई आर्थिक स्रोतको वृद्धिदेखि उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिममा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए ।
हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बगमति प्रदेशका ३८ जिल्लामा सेवा केन्द्र विस्तारका लागि स्वीकृति पाएको सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिइन ।
सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमलाई धन्यवाद दिँदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
संस्थाको आर्थिक गतिविधि संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै चन्दननाथ सहकारीले रु एक अर्ब ५८ करोड आठ लाख ७२ हजार छ सय कर्जा प्रवाह गरेको बताइन । कर्जा असूली एक अर्ब २६ करोड ४६ लाख आठ सय ९२ रहेको र सहकारीका हालको आम्दानी रु नौ करोड ६५ लाख एक हजार छ सय ८७ रहेको उनको भनाइ छ । उनका अनुसार सहकारीको खुद नाफा एक करोड पाँच लाख ४० हजार तीन सय २४ छ ।
सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताए। “शेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ”, उनले भने, “यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।”
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए ।
पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताए । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताए । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरी सहकारीले आफ्नो १२औँ साधारणसभा सम्पन्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार