हुम्लामा अत्यधिक चिसो, धारामै हिउँ जम्न थाल्यो
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १८:१३:४५
६ पुष, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानीसमेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताउनुभयो । दिउँसो घाम लागेपछि मात्रै जमेको हिउँ पग्लिने गरेको छ ।
यस्तै उत्तरी चीनको सीमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन् ।
चिसो बढ्दै गएपछि हिल्सा प्रहरीचौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए भने सशस्त्र प्रहरी मात्रै सीमा सुरक्षामा रहँदै आएका छन् । मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरीचौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार