लुम्बिनीको मुख्यमन्त्रीलाई लिएर एमालेमा विवाद, वर्चश्वका लागि पौडेल र पोखरलेबीच भीडन्त
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १९:३९:११
६ पुष, बुटवल । सरकार कसको र कसरी बनाउने भन्ने तयारी नहँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर नेकपा एमालेमा विवाद सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरलेबीच वर्चश्वको लडाइले विवाद उत्पन्न भएको हो । लुम्बिनी प्रदेशमा पौडेल र पोखरेल दुवै सरकार बनाउने सम्भवना रहे आफु पक्षकालाई मुख्यमन्त्री बनाउन चाहिरहेका छन् ।
एमालेको अग्रसरतामा अहिले लुम्बिनीमा सरकार बन्ने अवस्था देखिएको छैन् । यस बाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकै सरकार बन्ने प्रवल सम्भावना देखिएको छ । तर, सरकार बन्ने निश्चित नहुँदै प्रदेशको विषयले एमालेको केन्द्रिय तहमै विवाद सिर्जना गरेको छ । एकातिर उपाध्यक्ष र अर्कोतर्फ महासचिव रहेकाले अध्यक्ष ओलीलाई पनि यसै भन्न मुस्किल परेको छ ।
एमालेबाट लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि चारजना आकांक्षी देखिएका छन् । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या चार पुगेको छ । पार्टी केन्द्रीय सदस्य आचार्य यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानूनमन्त्री भएर काम गरेका थिए ।
यसअघि पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्य लिला गिरी, केन्द्रीय सदस्य तथा यसअघि प्रदेशमा प्रमुख सचेतक भएका भुमिश्वर ढकाल, प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले दलको नेता दाबी गरेका छन् । आकांक्षी चारैजना प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका नेताहरु हुन् । उनीहरुमध्ये आचार्य, गिरी र श्रेष्ठ तीन जना पूर्वमन्त्री हुन् भने ढकाल यसअघि प्रमुख सचेतक भएका थिए ।
लुम्बिनीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफू निकटकालाई नेतृत्वमा पुर्याउन चाहेकाले पनि नेताहरुले दौडधुप सुरु गरेका छन् । चेतनारायण आचार्य र भूमिश्वर ढकाल महासचिव पोखरेल निकट मानिन्छन् भने गिरी र श्रेष्ठ उपाध्यक्ष पौडेल निकट मानिन्छन् ।
यसअघि मुख्यमन्त्री बन्दा शंकर पोखरेललाई सहयोग गरेका कारण आचार्य र ढकाल उनीसँग नजिकिएका हुन् । आचार्यको लागि ढकालले सहयोग गर्ने संकेत गरेको उनी निकट नेताहरुले बताएका छन् ।
संसदीय दलको नेताले प्रदेशमा सरकारको नेतृत्व गर्ने र विपक्षमा रहे पनि दलको नेता हुन पाइने भएकाले नेताहरूको चासो बढेको हो । लुम्बिनी प्रदेशमा प्रत्यक्ष तथा समानुपातिकमा एमाले पहिलो दल भएपनि सरकार बनाउन अन्य दलको साथ आवश्यक पर्नेछ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्ने भएपनि एमालेसँग २९ सांसद मात्र रहेका छन् भने नेपाली कांग्रेससँग २७ सांसद रहेका छन् । माओवादीसँग ९ र अन्य ७ दलसँग बाँकी सांसद रहेका छन् । अहिलेको सत्तागठबन्धनसँग पनि बहुमत नभएकाले नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसदको मत निर्णायक रहने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार