नदी तर्न हुम्लावासीलाई काठको लाप्कोको भर
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार १९:२४:९
♦ हेमन्त केसी
७ पुष, सुर्खेत । हुम्लाको दुर्गम गाउँमा राज्यले पुलमा लगानी नगर्दा काठको लाप्कोको सहायता खोला तथा नदी तर्नुपर्ने बाध्यता छ । स्थानीय स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर काठको सहायताले निर्माण गरिएका पुलहरूद्वारा यहाँका सर्वसाधारण दैनिक जोखिमपूरुर्ण यात्रा गरिरहेका छन् ।
यहाँ एउटै पालिकामा ११ देखि २५ वटा सम्म यस्ता काठेपुल पाइन्छ । खार्पुनाथ गाउँपालिकामा काठका १७ वटा पुल छन् । सर्केगार्ड गाउँपालिकामा २३, चंखेली गाउँपालिकामा १९, अदानचुली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा काठेपुल रहेको पालिकाले जनाएका छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेषगरी खोला र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताए ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुल रहेका छन् । लिमीका ती पुल स्थानीयले जनश्रमदानबाट निर्माण गरेका हुन् । केही वडाको बजेटबाट समेत निर्माण भएका छन् ।
यी क्षेत्रमा काठेपुल नहुने हो भने दैनिकी नै बन्द हुने अवस्था छ । गाडी गुडाउन पनि काठेपुल नै निर्माण गरिएका छन् । यातायातका साधन काठेपुलमा ओहोरदोहोर गर्दा जोखिम भने उच्च हुन्छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफ्नो गाउँपालिकाकामा २५ भन्दा बढी काठेपुल स्थानीयले बनाएको जानकारी दिए ।
झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट पक्की पुल निर्माण हुन नसकेपछि बाध्य भएर काठेपुल निर्माण गरिरहेको अध्यक्ष लामाले बताए । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायले गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुलको प्रयोगमा रहेको बताइन् । काठेपुल तर्दा, खोला र नदीमा खसेर कयौंले ज्यान गुमाएको उनले बताए ।
सडक सञ्जालसँग नजोडिएको हुम्लामा वैकल्पिक माध्यमको सहायताबाट यातायातका साधन देखि सर्वसाधारण, घोडा, खच्चड र चौरीहरू खोला तथा नदी वारपार हुने गरेको छ । सामाग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने हुम्लामा सडक, पुल तथा अन्य विकास निर्माणका काम गर्न समेत हिउँदयाममा समस्या हुँदै आएको छ । हिउँदयाममा चिसो, हिमपात र वर्षायाममा खोला तथा नदीमा रहेका पुल पानीको वहाबले बगाउने समस्याले गर्दा विकास निर्माणमा समस्या हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार