सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात संयुक्त कारोबारको सुरुवात
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २२:१२:३३
८ पुष, काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात संयुक्त कारोबारको सुरुवात भएको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले पुष ७ गते बिहीबारबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाममा कारोबार र कम्पनीको रजिस्टर्ड कार्यालय बिराटनगरमा भएसंगै केन्द्रिय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको कम्पनीले जनाएकाे छ। कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई, प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत चयन भएका छन् ।
मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ।व। २०७९र८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु।२२ अर्ब , कुल बीमाशुल्क रु।२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु।४२ करोड पुगेको छ।
बीमा क्षेत्रमा सूर्या लाइफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिदै आफुलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।
आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमित लाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनी भएको छ।
मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जर पश्चात सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने कम्पनीले विश्वास गरेको छ ।
सूर्यज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाइफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् ,अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिबद्धता गर्दै उभिएको जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार