ज्येष्ठ नागरिकको सुरक्षाका लागि ठोस नीति र कार्यक्रम आवश्यक छः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार १८:४:५
९ पुष, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको सुरक्षाका विषयमा ठोस नीति र आधाभूत कार्यक्रम बनाउन आवश्यक रहेको बताएका छन् । उनले जेष्ठ नागरिकको समग्र सुरक्षाका लागि सरकारले पनि ठोस नीति र कार्यक्रम बनाइरहेको जानकारी दिएका छन् ।
शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उनीहरुको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताए । ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको दावी उनको छ ।
उनले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे । देउवाले भने, ‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुशी लागेको छ ।’
उनले यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने भन्दै सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले भने,‘ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा सबैतिर पुगोस् भनेर सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको छ ।’
प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरूसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार