बाँकेको गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १८:१०:१४
१० पुष, राँझा । बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।
उनका अनुसार नेपाल–भारत सीमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बीओपी राख्ने सरकारको नीतिअनुरुप राप्तीसोनारीको नयाँ गाउँस्थित गुर्दनगौडी र बानवा नाकामा प्रस्तावित बीओपी स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बलको बीओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकले पनि सुरक्षा महसुस गरेका छन् । करिब डेढदशकअघि पत्ता लागेको नयाँ गाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए ।
बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गरेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । उनले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलको पूर्वाधार निर्माण र जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले पहल गरिरहेको उल्लेख गरे ।
भारतीय सीमासँग जोडिएको गुर्दनगौडी र बानवा नाका पुग्न अहिले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । राप्तीसोनारी–४ बैजापुरक्षेत्रबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने भए पनि वर्षाले सडक भत्किएको राप्तीसोनारीका अगुवा तुलसीराम थारुले बताए ।
उनका अनुसार एक दशकअघि राज्यको नजरमा परेको नयाँ गाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्ती सोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधासमेत स्थानीयवासीले पाउन सकेका छैनन् ।
बाँकेको अति विकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ रहेका छन् । भारतसँग जोडिएको बाँकेको सीमावर्र्ती गाउँबस्ती र नाकामा सशस्त्र प्रहरीले बीओपी निर्माण गरी सुरक्षा दिने कार्यलाई तीव्रता दिएको छ ।
बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमा सुरक्षाका लागि हाल नेपालतर्फ सशस्त्र प्रहरी बलको बाँकेमा बढैया, जयसपुर, नेपालगञ्ज भन्सार, कालावञ्जर, खडैँचा, गङ्गापुर, नरैनापुर र कटकुइँया गरी आठ बोर्डर आउट पोष्ट ‘बीओपी’ कार्यालय छन् भने गुर्दनगौडी र बानवामा प्रस्तावित बीओपी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार