चीन छाडेर प्रधानमन्त्री प्रचण्डको पहिलो रोजाइमा पर्यो भारत
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १५:३४:२०
१३ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने जनाएका छन् । यसअघि प्रधानमन्त्री हुँदा उनले पहिलो भ्रमण भारत कि चीनबाट सुरु गर्ने भन्ने विषय सहजै खुलाउन सकेका थिएनन् । तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेको प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाटै हुने संकेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको उल्लेख गरेका हुन् । अन्तर्वार्ताका क्रममा उनले भनेका छन्,‘मलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जान्छु । हिजो मेरो भारतको विदेश सचिव विनयमोहन क्वात्रासँग पनि थोरै कुराकानी भएको थियो । सायद मेरो पहिलो भ्रमण भारत नै हुने सम्भावना देख्छु ।’
दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए । तर पछि दाहाल स्वयंले बेइजिङबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए ।
दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए । यसपटक पनि दाहालले आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । प्रधानमन्त्री दाहालले नेपाल भारत सम्बन्धलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकको ‘जेन्युन’ चासोको दुवै देश मिलेर सम्बोधन गर्नु पर्ने बताए । ‘आगामी दिनमा नेपाल र भारत बीचको विशिष्ट सम्बन्ध छ, त्यो हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, सबै–सबै विषयमा मजबुत बनाउने विषयमै हाम्रो जोड हुन्छ,’ उनले भने ।
दाहालले ओलीले भनेको नेपालमा रामजन्मभूमि, नक्सा बदल्नेको विषय र ओलीले भारतका मान्छे नेपालमा भारतका मान्छेले सरकार बदल्न चाहेको विषयहरु अब इतिहास भएको दाबी गरे । ‘त्यो इतिहास बनिसकेको छ । अब परिस्थिति नयाँ भइसक्यो । नयाँ विश्वासको साथमा कहीँ केही समस्या छ भने त्यो पनि संवादको मार्फतबाट गम्भीरता साथ वार्ता र कुराकानीकै मार्फत् समाधान गर्न सक्छौं र गरिरहेका पनि छौं,’ प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार