सशस्त्र प्रहरीमा शान्ति मिशनका लागि नयाँ मापदण्ड, १५ वर्ष कटेकालाई मात्र अवसर
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १६:३४:३१
१३ पुष, काठमाडौं । सशस्त्र प्रहरी बलले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनका लागि नयाँ माप दण्ड बनाएको छ । मिशनमा खटिने प्रहरी कर्मचारीहरुको लागि सशस्त्रले कम्तिमा १५ बर्ष सेवा अवधि पुरा गरेकाले मात्र जान पाउने मापदण्ड बनाएको हो । मिशनमा सहभागि हुने सशस्त्र प्रहरी कर्मचारीहरुको छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले मिशन एैनमा संशोधन गरिएको हो ।
यो मापदण्ड अनुसार ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका–२०७९’ले लामो समयसम्म सेवा अवधि पुरा गरी मिशनमा अवसर नपाएका कर्मचारीहरु बढी लभान्वित हुने बताइएको छ । यसअघि ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका–२०७१’ अनुसार न्यूनतम ५ बर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरु समेत मिशनमा सहभागि हुँदै आएका थिए । पाँच वर्ष सेवा अवधि पुरा गरेका पनि जाने पाउने नियमले पुराना र पालो कटिसकेकाले नपाउने अवस्था आएपछि नयाँ मापदण्ड बनाइएको हो ।
शसस्त्र प्रहरी बलले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता प्रकारका अवसर पाउनुपर्छ भन्ने उद्देश्य र देशभरिका इकाइहरुमा कार्यरत कर्मचारीहरुबाट प्राप्त सुझावका अधारमा निर्देशिका परिमार्जन गरिएको जनाएको छ । यसका यसका लागि सशस्त्रले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा अनिवार्य उतिर्ण हुनुपर्ने प्रावधान पनि राखेको छ ।
जस अनुसार उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनुपर्नेछ । समान मितिमा भर्ना तथा पदोन्नती भएका कर्मचारीहरुको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतीको जेष्ठताक्रम अनुसार छनौट गर्ने प्रावधान राखिएको छ । मापदण्ड पुरा भई विभागीय कारवाही भएको भए कारवाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखि छनौट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नती मिति भएका कर्मचारीहरुसँग छनौट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिने छैन ।
आचरण विपरित क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशिकामा तोकिएको अवधिसम्म मिशन छनौटमा बञ्चित गरिने छ । जसअनुसार एक पटक मात्र विभागीय सजाय पाएका कर्मचारीहरुको हकमा सजाय फुकुवा भएको मितिले १ वर्ष पुरा भएको हुनुपर्ने र २ वा सो भन्दा बढि सजाय पाएकाकर्मचारीहरुको हकमा ७ वर्ष पुरा भएको हुनुपर्ने छ ।
पदको जेष्ठता मापनका लागि बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ वर्षसम्म उक्त अवसरबाट बञ्चित गरिने छ । यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिशन जान खोज्ने प्रवृत्ति देखिएको थियो । निर्देशिका अनुसार लगातार वा पटक पटक गरी १२ महिनाभन्दा बढी समय ड्यूटी गर्न नसक्ने भनि नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिशन छनौट प्रकृयामा त्यस्ता कर्मचारीलाई सहभागी नगराइने बताइएको छ ।
सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्यूटीमा अनुपस्थित रहेको भए अनुपस्थित रहेको अवधि बराबर पूर्ण रुपमा ड्युटी गरेको भनि अभिलेखबाट देखिएमा तोकिएको मापदण्डको आधारमा मिशन छनौट प्रकृयामासहभागि हुन सक्ने जनाइएको छ । यस्तै एफपीयू प्रि–एफप्याट परिक्षामा सिनियर अधिकृतहरुलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागि गराई उत्तिर्ण मध्येबाट दर्जागतको जेष्ठताको आधारमा छनौट गरिने जनाइएको छ ।
परिक्षामा अनुत्तिर्ण भई तोकिएको संख्या अपुग भएमा जेष्ठताक्रमको आधारमा निकट्तम जुनियरलाई परिक्षामा पुनः सहभागी गराई परिक्षा संचालन गरिने निर्देशिकामा उल्लेख छ । यसका साथै सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्यालाई सत प्रतिशत मानी उक्त संख्याको ८० प्रतिशत खुल्ला भर्नाको जेष्ठताक्रमबाट र २० प्रतिशत भर्ना मितिको जेष्ठताक्रम अनुसार छनौट गरिनेछ । यसैगरी मिशन छनौट भएका अधिकृतले बिशेष कारण बाहेक (प्रसूति, क्रिया, विपद्) मिशनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको बैकल्पिक उम्मेद्वारलाई छनौट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने र यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा सहभागी हुन समेत पाउने छैन ।
मिशन छनौट पश्चात संचालन हुने तैनाथी पूर्व तालिममा सैद्धान्तिक एवं व्यवहारिक रुपमा लिइने स्तरपरीक्षामा अनुत्तिर्ण भएमा तथा सो तालिममा १५ दिनभन्दा बढि अनुपस्थित भएमा र आचरण विपरितको कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुको मिशन सहभागिता रद्द गरिने समेत निर्देशिकामा भनिएको छ । यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरु मिशनमा सहभागी भइरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरु सहभागिताबाट बञ्चित हुने लगायतका गुनासोहरु नआउने अपेक्षा संगठनले लिएको छ ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाईबेरियामा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) खटिएको थियो । अन्तर्राष्ट्रियस्तरमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यवसायिकताले गर्दा पछिल्लो पटक अफ्रिकी मुलुक साउथ सुडानमा सन् २०१४ जनवरी १७ देखि यस्तै युनिट खटिइरहेको छ ।
अहिले उक्त मिशनमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा १ सय ८० जनाको टोली कार्यरत रहेको छ । हालसम्म सशस्त्र प्रहरी बल नेपालबाट ६१ वटा टोली गरी कुल ७ हजार ७ सय २४ जनाले शान्ति स्थापनार्थ मिशनमा सेवा प्रदान गरिसकेका छन् भने संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिशनको रुपमा तैनाथीको लागि तयारी अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार