बुस्टर डोजका लागि खोप अभाव
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १८:१६:२२
१५ पुष, काठमाडौं । मुलुकभर बुस्टर डोजका दागि कोरोना अभाव देखिएको छ । दुई हप्ता अगाडिसम्म बुस्टज लगाउनेको संख्यामा कमी आएको र खोप खेर जाने अवस्था आएको बताउने सरकारले अहिले बुस्टर डोज पुर्याउन खोप अभाव भएको जनाएको छ ।
छिमेकी मुलुकहरुमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको सब–भेरियन्ट बीएफ-७ फैलिएसँगै बुस्टर डोज लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोज लगाउन आग्रह गरे पनि पर्याप्त मात्रामा सरकारसँग नभएको जनाइएको छ ।
सरकारकै आग्रहमा बुस्टर डोजका लागि स्वास्थ्य संस्थाहरुले खोप माग गरे पनि विभागले उपलब्ध गराउन नसकेपछि अभाव रहेको विषय खुलासा भएको हो । १८ वर्षमाथिका खोप लगाउने समूहलाई दिइने बुस्टर डोज टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्र रित्तिने अवस्थामा पुगेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप सकिएकाले एक सातादेखि खोप दिने अभियान रोकिएको छ । बुस्टर डोज कोभिशिल्ड, फाइजर, मोडर्ना खोप लगाउन अस्पताल पुग्नेहरू रित्तै फर्किरहेका छन् ।
खोपको केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल खोप बाँकी छ । सो खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नसकिने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चत गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख मात्रा ल्याउन लागिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहका ९५.७ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेका छन् । बुस्टर डोज हालसम्म ७९ लाख ७२ हजार ७९१ जनाले मात्रै लगाएका छन् । पूर्ण मात्रा खोप र बुस्टर डोज लगाएको ६ महिना कटिसकेकाले बुस्टर डोज लगाउनुपर्ने हुन्छ । यो डोज लगाएपछि डोजले पूर्णरुपमा काम गर्न १० देखि १५ दिनसम्म लाग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार