श्रीलाभ सहकारीको शेयर पूँजी तीन करोड बढी
नेपालबहस संवाददाता
पुस १६, २०७९ आइतबार ३:६:३४
१६ पुष, काठमाडौं । श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आवमा रु ३६ लाख २७ हजार शेयर पूँजी वृद्धि गरेको जानकारी दिए ।
संस्थाले रु १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी रु १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा रु ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी रु ५६ लाख ४० हजारले बढाएको छ ।
सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु ४७ लाख ५२ हजारले बढेर रु २४ करोड ८३ लाख ९२ हजार पुगेको छ । सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ ।
संस्थाको जगेडा कोषमा रु दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ ।
कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कामनपा–२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार