प्रभु क्यापिटलको बीमाको सुरक्षा सहितको नयाँ डिम्याट “९९९ आजीवन डिम्याट खाता” सञ्चालनमा
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १८:४:३८
१८ पुष, काठमाडाैं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा अरु विशेषता थपेर ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरूलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु. १०० नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ ।
अन्यथा खाता फ्रिज हुने यावत समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिबाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।
१ जनवरी, २०२३ बाट शुरु भएको यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ ।
यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पु¥याउने छ ।
यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एप भेरिफिकेशन छनोट गरी आफ्नो अनुकूलताअनुसार समय लिई तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सक्नेछन् ।
प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’ को विशेषताहरू
रु. ९९९ मा आजीवन डिम्याटको सुविधा साथै १ लाख बराबरको दुर्घटना बीमा
लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट
इन्स्ट्यान्ट डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै अनलाईनबाट डिम्याट भर्दा भिडियो केवाईसी तथा एप्लिकेशनबाट भर्दा इन एप केवाईसी भेरिफिकेशनको सुविधा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार