माइस्थान मन्दिर अगाडी सवारी लैजाने कर्मचारीलाई महानगरले गर्यो कारवाही
आबिद हुसेन
पुस १८, २०७९ सोमबार १८:४६:१९
१८ पुष, बीरगञ्ज । बीरगञ्जको माइस्थान मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारीलाई महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ ।
बीरगञ्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरुलाई कारबाही प्रकृया अघि बढाएको हो ।
घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।
‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।
यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टि करण बुझाउन आदेश दिइएको छ ।
नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्य्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि महानगरप्रमुख राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताएका थिए ।
‘महानगर प्रमुखकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ नगरप्रमुख सिंहले भने ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार