भद्रगोलभित्र अर्थमन्त्री, ऋण र अनुदानबाट कर्मचारीलाई तलव
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २०:४९:५०
१९ पुष, काठमाडौं । मन्त्रिपरिषद विस्तार भइनसकेकाले सिंहदरवारभित्र प्रायः मन्त्रालयहरु सुनसान छन । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीका मन्त्रालयमा मात्र केही चहलपहल छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विभागीय अधिकारीहरुसँग छलफलमा व्यस्त भएर पनि अरु मन्त्रालयमा भन्दा अर्थ मन्त्रालयमा बढी जमघट थियो सोमबार । अर्थमन्त्रीले राजस्वबारे विभागीय अधिकारीहरुसँग छलफल गर्दै रहेछन् । हामी त्यहाँबाट अन्यत्रै मोडिएर अघिल्लो दिनसम्ममा कति खर्च भएको रहेछ भनेर माग्नतिर लाग्यौ । अघिल्लो दिनको नपाए मंसिर महिनासम्मको भएपनि लिएर फर्कने मनसाय थियो । तर, खोजेकै तथ्यांक भेटियो महालेखाले तयार गरिसकेको रहेछ ।
सरकारले बनाएको आइतबारसम्मको तथ्यांक हेर्दा अर्थमन्त्री पौडेलका लागि अर्थमन्त्रालय सहज देखिएन् । आर्थिक स्रोतका सूचकहरु प्राय ऋणात्मक छन् । खर्च हेर्दा सरकारी बजेट व्यवस्थापनमा तालमेल मिलेको छैन । सार्वजनिक खर्च अधिक उकालो लागेको छ । राजस्व अनुपातमा चालू खर्च दोब्बरले माथि छ । यस्तो बेला राजस्व बढाएर साधारण खर्च कटौती गर्ने रणनीतिमा अर्थमन्त्री असफल देखिएका छन् । खर्च मिलाउन चालु वर्षमा झण्डै तीन खर्ब अनावश्यक खर्च कटौती गर्नुपर्ने अवस्था छ । कर्मचारीको तलव र भत्ताका लागि साउनयता केही अनुदानमा आएको रकम र आन्तरिक ऋणबाट भुक्तान भइरहेको छ ।
पुष महिना सरकारले अधिक आन्तरिक ऋण उठाउने महिना पनि हो । तर, यसरी उठाइएको आन्तरिक ऋण कुनै राम्रो कार्यमा खर्च भएको छैन । कर्मचारीले मासिक पाउने तलव र अन्य विविध भत्ता खर्चमा मात्रै पुष १७ गते आइतबारसम्ममा उठको राजस्वले नपुगेर ४० अर्ब रकम अनुदान र ऋणबाट चलाइएको छ । अर्को अर्थमा भन्ने हो भने राजस्वबाट हुने आम्दानीभन्दा ४० अर्बले चालुखर्च बढी छ । यो खाडल पुर्न अर्थमन्त्रीकाे चानचुने योजनाले सम्भव छैन् । चालु खर्च चलाउन मात्रै अहिलेको मितिमा राजस्वमाथि ४० अर्ब थप्नुपर्छ । यो थप्ने भनेकै वैदेशिक अनुदान र आन्तरिक तथा बाह्य ऋणबाट नै हो ।
तथ्यांक अनुसार सरकारले ३ खर्ब ५५ अर्ब ७ करोडबराबर राजस्व संकलन गरेको छ । यो यही पुष १७ गते सम्मको हो । यही समयमा सरकारले गरेको चालु खर्चको आंकडा भने ३ खर्ब ९५ अर्ब २ करोडभन्दा माथि छ । यसरी सरकारी आय र खर्चको अवस्था हेर्दा ३९ अर्ब ९५ करोडको अन्तर छ । जुन ४० अर्ब राजस्वबाट नभई ऋण वा अनुदानबाट पूर्ति भइरहेको छ । ऋण लिएको रकम कर्मचारीको तलव भत्तामा खर्च गर्दा बाँकी कामहरुको अवस्था के होला ? प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री पौडेल सार्वजनिक खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउन असफल भए, उनको हविगत जनार्दन शर्माको भन्दा पनि पीडक हुने देखिन्छ ।
तथ्य अनुसार बोल्ने हो भने अहिले अर्थमन्त्री पौडेलको मन्त्रालयमा छ भन्ने केही पनि देखिदैन् । राजस्वमा परेको चापको असर विकास खर्च देखिएको छ । राष्ट्रिय गौरवका आयोजनाले बजेट पाएका छैनन् । रकम माग गर्ने आयोजनालाई मन्त्रालयले निकासा दिन सकिरहेको छैन् । रकम नहुँदा धेरै गौरवका आयोजना अलपत्र भएका छन् । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको आधा अवधि सकिँदा लक्ष्यको एकचौथाइ पनि राजस्व संकलन भएको छैन ।
अर्कोतर्फ अरबौको भुक्तानी बाँकी रहेका निर्माण कम्पनीहरुलाई पैसा दिन नसकेर पनि कालोसूचीमा राखिएको छ । सरकारले रकम दिन नसक्दा निर्माण सुस्त हुन पुगेको छ । नियमअनुसार मोबिलाइजेसन वापत दिनुपर्ने २० प्रतिशत रकम पनि दिन अर्थमन्त्रालयले सकेको छैन् । अझ ८० प्रतिशत काम गरिसकेपछि दिनुपर्ने धरौटी फिर्ताको रकम पनि बाँकी नै छ । निर्माण सम्पन्न भएका आयोजनाको समेत भुक्तानी दिएको छैन । स्थानीय तह र प्रदेशको मात्रै नभई केन्द्रमा समेत अरबौ रकम भुक्तानी हुन बाँकी छ ।
राजस्व चुहावट रोक्न, राजस्व संकलनमा देखिएका समस्या पहिल्याएर समाधान गर्न तथा लक्ष्यअनुसार राजस्व संकलन गर्ने गरी काम गर्न मातहतका कर्मचारीलाई अर्थमनत्रीले आइतबारको तथ्यांक हेरेर निर्देशन दिएका छन् । तर, उनीको निर्देशनले मात्र यो खाडल पुरिने अवस्था छैन् । राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ९० अर्बले न्यून देखिएको छ । गएको आर्थिक वर्षको सोही अवधिमा सरकारले वार्षिक लक्ष्यको ३७.७४ प्रतिशत राजस्व उठाएको थियो । राजस्व संकलनको अवस्था यस्तै रहे अबको दुई–तीन महिनाभित्र निजामती कर्मचारीलाई तलब खुवाउनसमेत समस्या हुने अर्थ मन्त्रालयकै कर्मचारीको दावी छ ।
यता, पुँजीगत खर्च १० प्रतिशतभन्दा तल छ । माथिकै तथ्यांक अनुसार ३६ अर्ब ४५ करोड पुँजीगत खर्च हुन सकेको छ । जुन वार्षिक विनियोजित पुँजीगत बजेटको ९.६४ प्रतिशत हो । पुँजीगत खर्च नबढाउँदा आर्थिक गतिविधि बढाउनेदेखि बैंकिङ प्रणालीमा तरलता सहज हुने मात्रै नभई राजस्वसमेत वृद्धिमा असर पार्छ । राजस्व संकलन महिनैपिच्छे खस्कँदै गएपछि अर्थमन्त्री पौडेलले आइतबार साँझ अर्थका उच्च तहका कर्मचारीहरूलाई बोलाए र विशेष छलफल गरेका थिए । सोमबार पनि उनले बाँकी विषयमा छलफल गरे । मंसिरमा मासिक लक्ष्यको ६३ प्रतिशतमात्र राजस्व संलकन भएको ब्रिफिङ पौडेलसामु भएको थियो । कात्तिकसम्म लक्ष्यको ७२ दशमलव २ प्रतिशत राजस्व संकलन भएकोमा मंसिरमा अझ नाजुक भएको तर्क उनीहरुको छ ।
सोही विवरणका आधारमा पौडेलले राजस्व चुहावट रोक्न गृह प्रशासनलाई सहयोग पनि मागेका छन् । आफू मातहतका विभागलाई कम्तीमा लक्ष्यअनुसार राजस्व संकलन गर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले अर्थ मातहतका कर्मचारीलाई सम्भव भएसम्म बजेटले लिएको लक्ष्य भेट्टाउन र नसके गत आर्थिक वर्ष बराबरको मात्र भए पनि राजस्व उठाउन ताकेता गरेका छन् । तर, मन्त्री पौडेलको यो निर्देशन कति कार्यान्वयनमा जाान्छ र लक्ष्य कसरी पूरा गर्ने भन्ने कुरा सहज छैन् । मंसिर महिनामै ९२ अर्ब ७७ करोड १ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा सरकारले ५८ अर्ब ८१ करोड रुपैयाँमात्र राजस्व उठाउन सकेको छ ।
हुन त मन्त्री पौडेलले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरूलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने भन्दै कर्मचारीहरूलाई कर कानुनको परिपालना गराउँँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिएका छन् । मन्त्री पौडेलले भन्सार र आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई भन्सार जाँचपासलाई वास्तविक बनाउन तथा करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्न भनेका छन् । मन्त्री पौडेलले विभाग प्रमुखसँग भन्दा पहिले गृहमन्त्री रवि लामिछानेसँग राजस्व चुहावट नियन्त्रण गर्ने उपायबारे छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार